गोरा जातीय समूहको भर्त्सना गर्न दबाब

  • 14 अगस्ट 2017
तस्वीर कपीराइट Reuters
Image caption सार्लोट्स्‌भील्‌ नगरमा भएको हिंसामा मारिएकी महिलालाई नगरबासीले सम्मान अर्पण गरेका छन्।

भर्जिनियाँको सार्लोट्स्‌भील्‌ नगरमा हिंसा भड्किएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोरा जातिको सर्वोच्चता चाहने राष्ट्रवादी समूहलाई दिएको समर्थन फिर्ता लिन तीव्र दबाब परिरहेको छ।

सार्लोट्सभीलमा गोरा प्रदर्शनकारीमाथि विपक्षीले आक्रमण गर्दा एक महिलाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए।

पछिल्लो घटनामा, गोरा सर्वोच्चताको पक्षधर समूहका एक नेताले पत्रकार सम्मेलनमा होहल्ला र विरोधको सामना गरेका छन्।

सार्लोट्स्‌भील्‌ नगरमा 'ह्वाइट् सुप्रिमेसिस्ट' भनिने गोराको सर्वोच्चता खोज्ने समूहको प्रदर्शनको क्रममा भएको हिंसापछि त्यहाँका मेयरले सो घटनाको जिम्मेवारी राष्ट्रपति ट्रम्पले लिनु पर्ने बताएका छन्।

आरोप

उनको भनाइमा अती दक्षिणपन्थी समूहका क्रियाकलापको ट्रम्पले भर्त्सना नगर्दा पछिल्लो परिस्थिती उत्पन्न भएको हो।

ट्रम्प त्यस्तै समूहको मतको पछि लागिरहेको आरोप उनले लगाए।

तर ह्वाइट् हाउसले ट्रम्पको प्रतिक्रियाको आलोचनालाई अस्वीकार गर्दै राष्ट्रपतिले अतिवादीको आलोचना गरेको उनले गोरा सर्वोच्चतावादीको क्रियाकलापलाई पनि समेटेको बताएको छ।

शनिबारको 'ह्वाइट् सुप्रिमेसिस्ट्' समूहको विरोध कार्यक्रममा एक आयोजकले सार्लोट्स्‌भील्‌मा पत्रकार सम्मेलनमा आफ्नो कदमको बचाउ गर्दै गर्दा तीव्र होहल्ला र विरोधको सामना गर्नु परेको छ।

उनलाई पत्रकार सम्मेलनस्थलमा बोल्दै गरेको माइक्रोफोनबाट जबर्जस्ती पर धकेलिएको थियो।