नदीमा अन्तिम संस्कार

  • 14 अगस्ट 2017
अन्तिम तस्वीर कपीराइट EPA

सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्।

अविरल वर्षाले निम्त्याएको बाढीका कारण बिरामी परेर कमलले ज्यान गुमाएका थिए।

आइतवार कोशी नदीमा गरिएको कमलको अन्तिम संस्कारको मार्मिक तस्वीरहरु युरोपियन फोटो एजेन्सी (इपीए) ले प्रकाशन गरेको छ।

साधारणतया उक्त समुदायमा बच्चाको अन्तिम संस्कार गाडेर गर्ने गरिएपनि बाढीका कारण सबैतिर जलमग्न भएपछि कमलको परिवारले उनको शवलाई नदीमा बगाउने निर्णय लिएको बताइएको छ।

(नोट: तस्वीरमा देखिएका मृतक बालकको उमेरका सम्बन्धमा विभिन्न मञ्चमा प्रश्न उठेको, स्वतन्त्र रुपमा मृतक बालकको उमेर पक्का हुन नसकेको र त्यसबाट विषयबस्तुको संवेदनशीलता अन्यत्र मोडिन नजाओस् भन्ने उद्देश्यले यो सामग्रीको मूल स्रोतबाट उद्धृत गरिएको यसअघिको उमेर सम्बन्धी विवरण हटाइएको छ। असुविधाका लागि क्षमा चाहन्छौं।)

तस्वीर कपीराइट EPA
तस्वीर कपीराइट EPA
तस्वीर कपीराइट EPA
तस्वीर कपीराइट EPA