९१ वर्षको उमेरमा डिग्री
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

९१ वर्षको उमेरमा डिग्री

  • 15 अगस्ट 2017

किमलान जिनाकुलको जन्म उत्तरी थाइल्याण्डमा भएको थियो, तर पछि उनी परिवारसंगै बैङ्कक बसाइ सरिन्।

उनका ६ जना छोराछोरी छन् र ती सबैले उच्च शिक्षा हासिल गरेका छन्।

आफ्नी छोरीसंगै उनी सुखोथाइ थाम्माथिराट खुला विश्वविद्यालयमा भर्ना भइन्।

झण्डै ६ वर्ष लगाएर उनले सो विश्वविद्यालयबाट हुयमन इकोलोजी विषयमा डिग्री हासिल गरेकी छन्।

“सफल हुनकालागि हामी आफ्नो लक्ष्यप्रति केन्द्रित, मेहनती र दृढनिश्चयी हुनुपर्छ।

म पक्कै सफल हुन्छु भन्ने अठोट गरेपछि त्यसले हामीलाई सफल बन्न प्रेरित गर्छ। पहिले सोंच्नोस्, त्यसअनुसार काम गर्नोस्, तपाईं अवश्य सफल हुनुहुनेछ,” उनले भनिन्।

पढ्न कहिल्यै ढीला हुँदैन भन्ने यी हजुरआमा आफ्नो दिमाग अझै तीक्ष्ण भएको बताउँछिन्।

बीबीसी रिपोर्ट (भिडिओ)