आप्रवासी संकट: स्पेनमा ६०० जनाको उद्धार

  • 17 अगस्ट 2017
स्पेनमा बढी आप्रवासी तस्वीर कपीराइट EPA
Image caption यो वर्ष ग्रीसमा भन्दा स्पेनमा बढी आप्रवासी आइपुग्न सक्ने राष्ट्रसंघले जनाएको छ

स्पेनका तटरक्षकले उद्दार गरेका आप्रवासीहरु पन्ध्रवटा पानीजहाजमा थिए।

ती मध्ये कैयौं सानो खालको डुङ्गामा थिए।

उद्दार गरिएकामध्ये पैतिँस जना बच्चा र एक शिशु पनि थिए।

संयुक्त राष्ट्र संघका अनुसार स्पेनमा यो वर्ष अहिलेसम्म ९ हजार आप्रवासी आइपुगेका छन् जुन गत वर्षको तुलनामा तीन गुणा बढी हो।

दलालको सञ्जाल

त्यसरी समुन्द्र पार गर्ने क्रममा १२० जना भन्दा मानिसहरु डुबेको विश्वास गरिएको छ।

संयुक्त राष्ट्रसंघको आप्रवासी सम्बन्धी निकाय- इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन (आइओएम)ले यो महिनाको शुरुमा भनेको थियो: यो वर्ष सबभन्दा धेरै आप्रवासी आइपुग्ने मुलुकमा स्पेनले ग्रीसलाई जितेको छ।

धेरैजसो आप्रवासीहरुले दलालको शुल्क र सञ्जाल छल्न मोटर बिनाका डुङ्गाहरु प्रयोग गर्ने गरेका छन्।

केही आप्रवासीहरुले सामाजिक सञ्जाल मार्फत स्पेनका अधिकारीहरुलाई आफूहरु स्पेनको पानी क्षेत्रमा प्रवेश गरेको जानकारी दिने गरेको स्पेनको ट्यारिफा शहरमा रहेका बीबीसी संवाददाता ग्याभिन लीले जनाएका छन्।

तर एक यो वर्ष शुरु भएपछि लिबियाबाट इटली जानेको संख्या निकै ठूलो छ।

करिब एक लाख मानिसहरु इटली पुगेको र जाने क्रममा २,२४२ जनाले ज्यान गुमाएको आइओएमले जनाएको छ।