बार्सिलोना आक्रमणकारीको खोजी जारी

  • 18 अगस्ट 2017
भ्यान तस्वीर कपीराइट AFP
Image caption बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थलमा भ्यान जोताइँदा कैयौंको ज्यान गएको छ

स्पेनको प्रहरीले बार्सिलोनामा नियतबस मानिसहरुको भीडमा भ्यान कुदाएको ड्राइभरको खोजी गरिरहेको बताएको छ।

उक्त घटनामा कम्तीमा तेह्र जना मारिएका छन् र एक सय भन्दा बढी घाइते भएका छन्।

बार्सिलोनाको सबभन्दा प्रख्यात पर्यटकीय क्षेत्र लस र्यामब्लासमा तीब्र गतिमा बाङ्गोटिङ्गो गाडी जोताइँदा बाटोमा मानिसहरु ढलेका थिए र ज्यान जोगाउन भागदौड मच्चिएको थियो।

स्पेनका प्रधानमन्त्री मारियानो राखोइले जिहादी आतंकवादलाई दोष जाने बताए।

इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ।

पछिल्लो तेह्र महिनामा आइएसले लण्डन, स्टकहोम सहितका युरोपेली शहरहरुलाई निशाना बनाउँदै आएको छ।