क्याम्ब्रिल्समा 'पाँच संदिग्ध मारिए'

  • 18 अगस्ट 2017
क्याम्ब्रिल्स तस्वीर कपीराइट EPA

स्पेनमा भएको एउटा विशाल प्रहरी कारवाहीमा गोलीप्रहार भएको र पाँचजना संदिग्ध आतंककारीहरु मारिएको अधिकारीहरुले बताएका छन्।

संदिग्ध आतंककारीहरुले आत्मघाती जस्तो देखिने पेटि बाँधेको अधिकारीहरुले बताएका छन्।

क्याटलोनियाको क्षेत्रीय सरकारले आक्रमणकारीहरुले पैदलयात्रुमाथि कार जोताउन खोजेपछि क्याम्ब्रिल्समा प्रहरीले गोली प्रहार गरेको बताएको छ।

सातजना घाइते भएका थिए।

यो घटनालाई त्यसअघि बार्सिलोनाको प्रख्यात पर्यटकीय स्थलमा भ्यान जोताइएको घटनासँग जोडेर हेरिएको छ।

बार्सिलोना आक्रमणमा तेह्र जना मारिएको र एक सय भन्दा बढी घाइते भएका थिए।