विराटनगर विमानस्थल शनिवारदेखि संचालनमा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विराटनगर विमानस्थल शनिवारदेखि संचालनमा आउने

  • 18 अगस्ट 2017

बाढी र डुवानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल शनिबारदेखि आंशिक रुपमा सञ्चालन हुने नेपाल नागरिक उडडयन प्राधिकरणले जनाएको छ।

धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल शनिबारदेखि दिवा सेवाका उडान गर्न योग्य भएको अधिकारीहरुले बताएका छन् ।

विमानस्थल क्षेत्रका विद्युतिय उपकरणहरुको मर्मत र परिक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने प्राधिकरणका अधिकारीहरुले जनाएका छन्।