बार्सिलोना आक्रमणः तीनजनाको खोजी जारी

  • 19 अगस्ट 2017
बार्सिलोना तस्वीर कपीराइट AFP

स्पेनको प्रहरीले बार्सिलोना र क्याम्ब्रिल्समा बिहीवार हमला गराएका जिहादी समूहका तीनजना सदस्यको खोजी भइरहेको जनाएको छ।

अधिकारीहरुका अनुसार खोजी भइरहेका तीनजनामा प्रसिद्ध पर्यटकीय गन्तव्य लस र्‍याम्ब्लसमा भ्यान जोताउने युनिस अबुयाकुब पनि रहेका छन्।

बार्सिलोना आक्रमण - चालकको नयाँ खोजी

प्रमुख संदिग्ध मारिएको पुष्टि

यसअघि अधिकारीहरुले आक्रमणको मुख्य संदिग्ध मूसा ओकाबिर भएको र उनी मारिएको बताएको थियो।

‍आक्रमणपछि ५९ जनाको उपचार भइरहेको र उनीहरुमध्ये १५ जनाको स्थिति गम्भीर रहेको अधिकारीहरुले बताएका छन्।

मारिएका सातजनामध्ये पाँचजना स्पेनका र एक/एकजना इटली र पोर्चुगलको भएको बताइएको छ।