बार्सिलोना आक्रमणकारीको पहिचान

  • 21 अगस्ट 2017
अबुयाकुब तस्वीर कपीराइट Police Handout
Image caption अबुयाकुबको प्रहरीले सार्वजनिक गरेको तस्वीर।

स्पेनी प्रहरीका अनुसार गत बिहीबार बार्सिलोनामा भ्यान जोताएर गरिएको आक्रमणमा २२ वर्षीय युनेस अबुयाकुब जिम्मेवार छन्।

ती आरोपित व्यक्तिलाई युरोपभर खोजी भइरहेको बताइएको छ।

सीसीटिभीबाट प्राप्त नयाँ दृश्यहरुमा ती व्यक्ति घटनास्थलबाट पैदलै भागिरहेको देखिन्छ।

छुरा प्रहार

सोमबार भएको पत्रकार सम्मेलनमा अधिकारीहरुले भनेका छन् सो आक्रमणमा सामेल युवकहरुलाई चरमपन्थको बाटोमा अग्रसर गराएकोमा आरोपित एक इमाम एउटा बम कारखानाको रुपमा प्रयोग हुँदै आएको एउटा घरमा भएको विष्फोटमा परि मारिएका छन्।

प्रहरीले अबुयाकुबका थप तस्वीरहरु सार्वजनिक गर्दै तिनलाई पक्रन मद्दतको आह्वान गरेका छन्।

ती संदिग्ध व्यक्ति खतरनाक र सशस्त्र रहेको प्रहरीले बताएको छ।

सो घटनामा १४ जना मारिएका थिए भने लगत्तै ती संदिग्ध आक्रमणकारीले भाग्नका लागि एउटा गाडी चोर्ने क्रममा त्यसको चालकलाई पनि छुरा हानी मारिदिएको बताइएको छ।