डा. कृष्ण उपाध्यायसंग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डा. कृष्ण उपाध्यायसंग

  • 25 अगस्ट 2017

कतारले यसै साता हजारौं घरेलु कामदारहरुको हित सुरक्षा गर्ने उद्देश्यले भन्दै नयाँ कानुन ल्याएको छ।

जसअनुसार दैनिक दश घन्टाभन्दा बढी काममा लगाउन नपाइने, हरेक महिनाको अन्त्यमा तलब दिनुपर्ने, हप्तामा कम्तीमा एक दिन र वर्षमा तीन साता बिदा दिनुपर्ने जस्ता नियमहरु छन्।

यसै सिलसिलामा हाम्रा साथी भगीरथ योगीले कतारको श्रम अवस्था तथा वाध्यात्मक श्रमबारे अनुसन्धान गरेका हाल लण्डनमा बसोबास गर्ने अनुसन्धानकर्ता डा. कृष्ण उपाध्यायलाई संपर्क गरी “यो कानुन लागू हुनेमा तपाईं कति आशावादी हुनुहुन्छ?” भनी सोधेका थिए।