काठमाण्डूमा गरियो गुरुत्वाकर्षण सर्वेक्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जमिनमुनिको अवस्था थाहा पाउन गुरुत्वाकर्षण सर्वेक्षण

  • 12 सेप्टेम्बर 2017

जापानी सहयोग नियोग जाइकाको सहयोगमा ओयो कर्पोरेशन जापान र खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरुको टोलीले करिब तीन हप्ता लगाएर हालसालै काठमाण्डू उपत्यकाको जमिनमुनिको गुरुत्वाकर्षण सर्वेक्षण पूरा गरेका हुन्। उक्त सर्वेक्षणको माध्यमबाट भूकम्प जाँदा उपत्यकाको जमिन मुनि थिग्रेर बसेको माटोको तहले कस्तो प्रतिक्रिया दिनेछ थाहा पाइने र त्यसका आधारमा जोखिमपूर्ण क्षेत्रहरुको पहिचान गर्न सकिने बताइएको छ।