न्यूयोर्क आक्रमणः ‘आतंकवादी कार्य’

  • 1 नोभेम्बर 2017
न्यूयोर्क तस्वीर कपीराइट Reuters

अमेरिकी अधिकारीहरुले न्यूयोर्कको म्यानह्याटनमा गराइएको ट्रक आक्रमणलाई 'आतंकवादी कार्य'को संज्ञा दिएका छन्।

न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछि आतंकवादसँग सम्बन्धित घटनामा मान्छेहरुले ज्यान गुमाएको यो पहिलो पटक हो।

न्यूयोर्क प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

स्थानीय समय अनुसार मंगलवार दिउँसो लोअर म्यानह्याटनमा एकजनाले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ।

न्यूयोर्क आक्रमणपछि कसले के भने?

न्यूयोर्क आक्रमणका दृश्य

पहिचान

घटनामा ११ जना गम्भीर घाइते भएको अधिकारीहरुले बताएका छन्।

अर्जेन्टिनाको विदेश मन्त्रालयले ज्यान गुमाउनेमध्ये पाँचजना आफ्नो मुलुकको भएको जनाएको छ।

तस्वीर कपीराइट Reuters

त्यसैगरी बेल्जियम सरकारले मृतकमध्ये एकजना आफ्नो देशको भएको बताएको छ।

प्रहरी स्रोतका अनुसार २९ वर्षीय आक्रमणकारी सेफुलो साइपभ भएको पहिचान गरिएको छ।

न्यूयोर्कः ट्रक जोताउँदा '८ को मृत्यु'

निगरानी

उनी सन् २०१० मा उज्बेकिस्तानबाट अमेरिका पुगेको ठानिएको छ।

प्रहरीले गोली हानी नियन्त्रणमा लिएका ट्रक चालकको सुरक्षा निगरानीमा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार तथाकथित इस्लामिक स्टेट समूहलाई उल्लेख गरिएको एउटा टिपोट उनको ट्रकबाट फेला पारिएको छ।

घटना लगत्तै भिडिओ खिचेका एकजना प्रत्यक्षदर्शीले आक्रमणपछिको दृश्य देखेर आफू 'स्तब्ध' भएको बीबीसीलाई बताएका छन्।