केपी ओलीसंग कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

केपी ओलीसंग कुराकानी

  • 13 नोभेम्बर 2017

चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री केपी ओलीले वाम गठवन्धन पछि नेपाली काँग्रेस हतास बनेको दावी गरेका छन्।

उनले नेपाली कांग्रेसले साम्यवाद भनेको के बुझेको छ ? भन्दे प्रश्न गर्दै, उनकै शब्दमा, कुतर्कहरुका पछाडि आफु नकुद्ने पनि बताए।

माओवादी केन्द्रसंग पार्टी एकता हुनेबारे के भैरहेको छ भन्ने प्रश्नको जवाफमा उनले दुबै दलहरुबीच चुनावी तालमेल र सहकार्य भैरहेको बताए।

तर उनले भने, ‘पार्टी एकीकरण भएपछि को प्रधानमन्त्री हुने र को पार्टी अध्यक्ष हुने भन्ने बारे कुनै सहमति वा लेनदेन भएको छैन।

“(माओवादीले) के छोड्छ के छोड्दैन, या कुन विन्दुमा आएर मिलन हुन्छ? केही समय तपाईंहरुले प्रतीक्षा गर्नुपर्छ।"

सम्भावित षड्यन्त्र र प्रपञ्चका माझ नेपाली कांग्रेस नेतृत्वको सरकारबाट माओवादी केन्द्र हट्नु हुँदैन भनेर आफुले सल्लाह दिएको उनले खुलासा गरे।

उनले नेपालका दुई छिमेकीहरु भारत र चीनसंग समनिकटता कायम हुनुपर्छ भन्ने कुरामा पनि जोड दिए।

अध्यक्ष ओलीसंग हाम्रा संवाददाता उमाकान्त खनालले गरेको कुराकानी: