विस्फोटमा गगन थापा घाइते

  • 4 डिसेम्बर 2017
गगन थापा

काठमाण्डूमा चुनावी प्रचारप्रसारका क्रममा बम विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सबै मतदातालाई निर्भिक भएर मतदान गर्न आग्रह गरेका छन्।

सोमबार काठमाडौंको चपलीमा घरदैलो चुनावी अभियानका क्रममा गराइएको एक विष्फोटनमा परी थापा घाइते भएका थिए।

उनी र उनका अन्य सहयोगीहरुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गरिएको थियो।

कम्तीमा चारजनाको स्थिति गम्भीर रहेको बताइएको छ।

संबोधन

सोमबार बेलुका आयोजित एक सभालाई टाउकोमा पट्टी बाँधेका थापाले संबोधन गरेका थिए।

उनले मतदान गरेरै हिंसाद्वारा आतंक फैलाउनेहरुलाई जवाफ दिन अपील पनि गरे।

थापा काठमाण्डू क्षेत्र नम्बर ४ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

सोमबार रातीदेखि प्रचारप्रसारको अवधि सकिंदैछ।