अमेरिकी सञ्चारमाध्यमविरुद्ध रुसको कदम

  • 5 डिसेम्बर 2017
आरटी तस्वीर कपीराइट Getty Images

रुसले नौवटा अमेरिकी सञ्चारमाध्यमलाई लगानीको स्रोत खुलाउनुपर्ने विदेशी निकाय अर्थात् 'फरेन एजेन्टस्'को सूचीमा राखेको छ।

त्यस्तो सूचीमा पर्नेमा भोइस अफ अमेरिका र रेडियो लिबर्टी पनि छन्।

पछिल्लो कदम चाल्न सम्भव बनाउने नयाँ कानून रुसी संसदबाट गत महिना हतारहतारमा अनुमोदन गरिएको थियो।

बदला

तस्वीर कपीराइट EPA
Image caption रुसी संसदले 'फरेन एजेन्टस्' सम्बन्धी कानून गत महिना हतारहतार पारित गरेको हो

रुसी च्यानलहरु आरटी र स्पुटनिकलाई 'फरेन एजेन्ट'का रुपमा दर्ता हुन अमेरिकी न्याय मन्त्रलायले आदेश दिएपछि त्यसको बदलामा रुसले पछिल्लो कदम चालेको हो।

अमेरिकी गुप्तचर निकायहरुले गत वर्षको अमेरिकी राष्ट्रपतिको चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको अभियानमा आरटी संलग्न भएको आरोप लगाएका छन्।

आरटीले ती आरोपको खण्डन गरेको छ।