नयाँ पात्रोबाट किमको जन्मदिन किन गायब?

  • 23 डिसेम्बर 2017
किम तस्वीर कपीराइट KCNA

उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनको जन्मदिनबारे सन् २०१८ को उनकै देशको भित्तेपात्रोमा उल्लेख नगरिनुलाई आश्चर्यका रुपमा लिइएको छ।

उनको जन्मदिन ज्यानुअरी ८ तारिख पर्ने बताइन्छ।

तर टोकियो ब्रोडकास्टिङ सिस्टम (टीबीएस) मा देखाइएको सन् २०१८ को पात्रोमा उक्त दिनमा उनको जन्मदिनबारे केही नभनी सामान्य रुपमा उल्लेख गरिएको छ।

उत्तर कोरियाका पूर्व शासकहरुको जन्मदिनलाई पनि पात्रोमा उल्लेख गरिन्छ र त्यो दिन सार्वजनिक बिदा दिएर मनाइन्छ।

के किम जङ-अन विदेश भ्रमणमा जान डराउँछन्?

को हुन् किम जङ-अनकी श्रीमती?

घोषणा

किम जङ-अनका बुबा किम जङ-इलको जन्मदिन प्रत्येक वर्ष फेब्रुअरी १६ तारिखलाई 'शाइनिङ स्टार' को रुपमा मनाइन्छ।

त्यसैगरी किम जङ-अनका हजुरबुबा किम इल-सङको जन्मदिन एप्रिल ११ लाई सूर्यको दिनका रुपमा मनाइन्छ।

किम जङ-अनका बुबा र हजुरबुबाको पालादेखि नै ती दिनहरुमा सार्वजनिक बिदा दिँदै आइएको छ।

तस्वीर कपीराइट TBS

तर आश्चर्यजनक रुपमा किम जङ-अनको जन्मदिनका अवसरमा यो वर्ष भने त्यस्तो कुनै घोषणा गरिएको छैन।

हुन त किम जङ-अनको जन्मदिनलाई लिएर भ्रमको स्थिति पनि छ।

उत्तर कोरियामा उनको जन्मदिनबारे त्यतिबेला थाहा भयो जब सन् २०१४ मा बास्केट बल खेलाडी डेनिस रोडम्यानले प्योङयाङमा एउटा प्रतियोगितापछि उनलाई शुभकामना दिँदै 'ह्यापी बर्थडे' गीत गाएका थिए।

परिवर्तन

सन् २०१८ को पात्रो उत्तर कोरियाका होटल तथा पुस्तक पसलका साथै विदेशस्थित केही उत्तर कोरियाली रेष्टुराँहरुमा पनि उपलब्ध छन्।

नयाँ पात्रोमा किम जङ-अनको जन्मदिनबारे उल्लेख नहुनु बाहेक अर्को परिवर्तन पनि देखिएको छ।

पहिला पहिला उत्तर कोरियाली पात्रोहरु त्यहाँका सेना र किम जङ-अनको परिवारका सदस्यहरुका तस्वीरले भरिएका हुन्थे।

तस्वीर कपीराइट Reuters

तर यस वर्षको पात्रोमा उत्तर कोरियाली उत्पादन, त्यहाँका सुन्दर दृश्य तथा विभिन्न परिकारका खानाको तस्वीरहरु समावेश गरिएका छन्।

त्यसो गरिनुलाई 'प्रचारबाजी' गरिने पहिलाको जस्तो पात्रोको विक्रीमा कमी आएको रुपमा अर्थ्याइएको छ।

सम्बन्धित सामग्री