गंगा नदीमा प्रदूषण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गंगा नदीमा प्रदूषण

  • 6 जनवरी 2018

गंगा माताका रुपमा हिन्दुहरुले पूजा गर्ने गंगा नदी भारतभरि झण्डै पचास करोड मानिसहरुकालागि जीवनदायिनी नदीका रुपमा रहँदै आएको छ।

तर औद्योगिक फोहोर, ढल र अरु कारणले यो नदी असाध्यै प्रदूषित भएको छ।

प्लास्टिक लगायतका अरु फोहर सिधै नदीमा फ्याँक्ने गरिन्छ जसले गर्दा नद‌ीको बहाव अवरुद्ध हुनुकासाथै नदी प्रदूषित हुने गर्दछ।

भारत सरकारले तीन वर्ष अघि गंगा नदीलाई सफा गर्नभन्दै अढाइ अर्ब डलर भन्दा बढी रकम छुट्याएको थियो, तर त्यसको धेरै भाग खर्च हुनसकेको छैन।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री