'प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव'

  • 4 फेब्रुअरी 2018
ओली-प्रचण्ड तस्वीर कपीराइट .

नेकपा माओवादी केन्द्रका एकजना नेताले प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए नेकपा एमालेसँगको एकता असम्भव भएको बताएका छन्।

एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि आइतवार चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका सचिवालय सदस्य नारायण दाहालले एउटा पद पनि छाड्न एमाले अनिच्छुक देखिएको जनाएका छन्।

अघिल्लो शनिवार चितवनमा 'केही दिनभित्रै एकताबारे निर्णायक कुरा गर्ने' बताएका प्रचण्ड ओलीसँगको वार्तापछि चितवन पुग्दा उनीसँग सुनाउने कुनै निर्णायक सन्देश थिएन।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
प्रचण्डले पार्टी अध्यक्ष पाउने/नपाउने कुराले एमालेसँगको एकीकरण रोकिन्छ कि रोकिन्न? माओवादी केन्द्रका नेता वर्षमान पुन।

ओलीसँगको भेटबारे प्रचण्डसित कुराकानी गरेपछि नेता दाहालले बीबीसीसँग भने, "एकताको गति अघि बढेको तर त्यसले समात्नु पर्ने गति नपकडिएको उहाँले बताउनुभयो।"

'एमालेलाई गाह्रो'

प्रचण्डले 'पार्टी एकता रोक्ने र वाम गठबन्धन तोड्ने ठूलै षड्यन्त्र भइरहेको' विगतको धारणा पुन: दोहर्‍याएका छन्।

एकता रोक्ने र गठबन्धन तोड्ने कसरत: प्रचण्ड

कतिपयले त्यसलाई एमालेले प्रधानमन्त्री वा अध्यक्ष कुनै छाड्न नमानेपछिको प्रचण्डको असन्तुष्टिको संकेत ठानेका छन्।

त्यसबारे सचिवालय सदस्य दाहालको भनाइ थियो, "करिब-करिब त्यस्तो देखिन्छ। एमाले नेतृत्वले गाह्रो मानेको देखिन्छ। तर त्यो असम्भव हो।"

ओली र प्रचण्डबीच एउटाले सरकार र अर्कोले पार्टी नेतृत्व गर्ने भद्र सहमति भएको उनको दाबी छ।

प्रचण्ड स्वयम्‌ले त्यो कुरा सार्वजनिक गरेका छैनन्।

'विलय हैन'

प्रचण्डले दिएको जानकारीका आधारमा उनले त्यो दावी गरेका हुन्?

जवाफमा नेता दाहालले भने, "भाषणमा भन्नु भयो कि भएन् अर्को कुरा हो। तर हामीसँगको भएको अनौपचारिक छलफल अनुसार भन्दा सरकार र पार्टीको नेतृत्व एक-एकजनाले गर्नु स्वाभाविक हो। मेरो विचारमा पनि त्यो भएन भने त के सम्भव हुन्छ र? एकता भनेको पार्टी विलय त होइन नि।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकीकरणमा देखिएको अन्योलबारे एमाले महासचिव ईश्वर पोखरेलसँगको कुराकानी।

चुनाव प्रचारका क्रममा दुवै दलको नेतृत्वतहबाट थोरै समय नपुग भएकाले चुनावी गठबन्धन बनाएको भनाइ सार्वजनिक भएको थियो।

चुनावपछि एकता गर्ने घोषणा गरेका उनीहरुबीच पटक-पटक एकल वा सामूहिक छलफल भए पनि उनीहरु तत्काल एकताको विन्दुमा पुगिसकेको देखिएको छैन।

बरु दिन दिनै झन् अन्योल बढेको पाइन्छ।

तर दुवै पक्षका नेताले एकता हुने बताइरहेका छन्।