फुटबलको कथा

  • 29 जुन 2010
फुटबलको कथा
Image caption बीबीसी नेपाली सेवाले नयाँ श्रृंखला ‘नेपालमा फुटबलको कथा’ प्रस्तुत गर्दैछ

सारा संसार विश्वकप फुटबलको जोशीलो वातावरणमा रमीरहेको बेला, यही असार ७ गतेदेखि बीबीसी नेपाली सेवाले फुटबलप्रेमी स्रोतालाई ध्यानमा राखेर नयाँ श्रृंखला ‘नेपालमा फुटबलको कथा’ प्रस्तुत गर्दैछ।

झण्डै १५० बर्षअघि राणा शासकहरूको मनोरञ्जनका लागि नेपाल भित्रिएको फुटबलले अहिले सर्वसाधारणको लोकपृय खेलको रूप लिइसकेको छ।

साथसाथै, नेपालमा यो खेलले सानै स्तरमा भएपनि व्यवसायिक रूप लिइसकेको छ।

महिलाहरू पनि बढ्दोरूपमा फुटबलप्रति आकर्षित भइरहेका छन्।

नेपाली घरेलु लिगमा विदेशी खेलाडीहरू खेल्छन्।

अनि नेपालका केही खेलाडीहरुले दक्षीण एशियाली टोलीहरूमा खेल्न थालेका छन्।

तर अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फुटबलले उल्लेख्य प्रदर्शन प्रस्तुत गर्न अझै धेरै मेहनत गर्नुपर्ने देखिन्छ।

नेपाली फुटबल जगतको इतिहासदेखि वर्तमानसम्मका विविध पक्षहरूलाई समेटिएको यस श्रृंखला सुन्नका लागि तलका लिंकहरूमा क्लिक गर्नुहोस्:

मैत्रीपूर्ण फूटबल खेलहरू-02.07.10

प्रख्यात फूटबल खेलाडी श्याम थापा-01.07.10

तराईमा फूटबलप्रतिको आकर्षण-30.06.10

विश्वकपमा दर्शक-29.06.10

पहाडमा फुटबल-28.06.10

विश्वकपमा सहभागिता-25.06.10

फुटबलको व्यावसायिकता-24.10.06

महिला फुटबल‌-23.06.10

विश्व कपमा नेपालीको रोजाइ-22.06.10

फुटबल हिजो र आज-21.06.10