कान्तिपुर न्यूजप्रिन्ट विवाद

  • 23 जुन 2010
भारतको कलकत्तास्थित एउटा स्मारक
Image caption कान्तिपुर पब्लिकेसन्सले कलकत्तामा कागज रोकिएको समाचार प्रथम पृष्ठमा छापेको छ

कान्तिपुर पब्लिकेसन्सका अनुसार तेस्रो देशबाट झिकाइएको एक हजार मेट्रिक टन पत्रिका छाप्ने कागज न्युजप्रिन्ट कलकत्ता बन्दरगाहमा रोकिएका कारण केहि दिनमै पत्रिका छाप्नको निम्ति कागज संकट हुने स्थिति आएको छ।

सो पब्लिकेसन्सको एउटा प्रकासन कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले भारतीय अधिकारीहरुले कान्तिपुरको कागज रोक्नुको कारण थाह नभएको बताए।

समाचार

कान्तिपुरले केहि समय अघि मेसिनले पढ्न मिल्ने पासपोर्ट एमआरपी विवादमा भारत अनुकुल नदेखिने समाचार तथा हालै पूर्वोत्तर भारतको मेघालयमा नेपाली भाषिहरुमाथि भएको आक्रमणबारे खोजमुलक समाचारहरु प्रकाशन गरेपछि भारतीय पक्ष चिढिएको बताइन्छ।

त्यसपछि समाचार छाप्ने कागज मात्र नभइ भारतीय कम्पनीका विज्ञापनहरु समेत कान्तिपुरमा दिन रोकीएको जानकारहरु बताउँछन्।

कान्तिपुरका अनुसार क्यानाडा र दक्षिण कोरियाबाट आएका कागज कलकत्तास्थित भारतीय राजस्व गुप्तचर निर्देशनालयले रोकेको हो। आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक यसरी भारतले कागज रोकेको कान्तिपुरको भनाइ छ।

विज्ञप्ती

कान्तिपुर पब्लिकेसन्सले कलकत्तामा आफ्ना कागज रोकिएको बारेको समाचार बुधबार प्रथम पृष्ठमा छापेपछि भारतिय राजदूताबासले एउटा विज्ञप्ती जारी गर्दै पारवहनमा पठाइएका सामानहरुको भन्सार जाँच गर्नु एक नियमित प्रक्रिया भएको बताएको छ। त्यसबारे भारतीय राजदूतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तावले भनिन्।

तर भारतका लागि पूर्व नेपाली राजदूत भेखबहादुर थापाका विचारमा पारवहनमा पठाइएका सामान भारतले बेला बेलामा रोकेर नेपाली पक्षलाई दु:ख दिनु नौलो होइन।

आज कान्तिपुर पब्लिकेसन्स पुगेका विभिन्न दलका नेताहरुले कान्तिपुरको कागज भारतको कलकत्तामा रोकिनु खेदजनक र नेपालको पारवहन अधिकार विपरित भएको प्रतिक्रिया दिएका छन्।