प्रधानमन्त्रीको मतदान अनिर्णित

  • 23 जुलाई 2010
प्रचण्ड
Image caption नेपालमा पमो ौड शुरु भएो छ

केही बेर अघि सकिएको प्रधानमन्त्रीको चुनावमा कुनै उम्मेदवारले बहुमत जुटाउन नसकेपछि अर्को चुनाव फेरी पर्सी शुक्रवार हुने भएको छ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल चुनावी मैदानबाट पछि हटेकाले पर्सी एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलबीच प्रतिष्पर्धा हुनेछ।

एमालेले आफ्ना उम्मेदवार खनालको पक्षमा दुई तिहाईको संख्या नपुगेकाले पार्टी निर्णय अनुरुप उनको उम्मेदवारी फिर्ता लिएको थियो।

अब सुनौ हाम्रा सम्वाददाता शरद केसीको रिपोर्ट।

३०० मत

प्रधानमन्त्रीको चुनाव जित्न हाल रहेका ५९९ जना सांसद रहेकाले बहुमत अर्थात ३०० मत ल्याउनु पर्ने थियो।

तर माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता पौडेलले मुख्यगरी आफ्नै पार्टीको मात्र भोट पाए।

दुबैजना वहुमत जुटाउन विफल भएपछि उनीहरुबीच फेरी हुने प्रतिष्पर्धाको मिति घोषणा गर्दै सभामुख सुवासचन्द्र नेम्वाङले भने, “दुबै उम्मेदवारको पक्षमा बहुमत नपुगेकाले ती नामहरु निर्णयार्थ पेश गर्न संसदको बैठक साउन ७ गते शुक्रवार तोकेको छु।”

दुई तिहाई बहुमतको समर्थनको पाए मात्र मतदानमा जाने सर्तमा पार्टीबाट उम्मेदवार बनाइएका खनाललाई त्यो सम्भव नभएपछि एमालेले उनलाई चुनावी मैदानबाट पार्टीले पछि हटाएको थियो।

खनालको प्रस्तावक समेत रहेका प्रधानमन्त्री माधवकुमार नेपालले भने, “हाम्रा उम्मेदवारको पक्षमा ४०१ जनाको लिखित प्रतिवद्धता नपुगेकाले पार्टीको निर्णय अनुसार उम्मेदवारीको प्रस्ताव फिर्ता लिएको जानकारी गराउँछौँ।”