बागमतीको पीडा

  • 17 नोभेम्बर 2010

यदि बागमतिलाई काठमाण्डूको ऐना मान्ने हो भने वागमती अस्तव्यस्त र भद्रगोल काठमाण्डूको प्रतिविम्व मात्र देखिने अवस्थामा पुगिसकेको छ।

Image caption शहरका ढल मिसाइने गरिएकोले बागमती र यस्का साखा नदीहरु संकटमा परेका छन्

विभिन्न अध्ययनहरुले देखाएअनुसार सभ्यताको जीवनधारा मानिने बागमति नदिमा अहिले कतिपय जातका माछा त बाच्न पनि सक्दैनन् र बागमतीको पानी सिंचाईको लागि समेत उपयुक्त छैन।

तर केही दशक पहिले स्थिति त्यस्तो थिएन।

बागमति र त्यस्का शाखा नदिहरु सङ्लो पानी लिएर सललल बग्ने गर्थे।

अहिले उपत्यकाका उद्योगधन्धा, अस्पताल, शहरबासी सबैले बागमती प्रदुषण गरिरहेका छन्।

सफा गर्ने जिम्मेवारी पाएका नगरपालिकाहरुले समेत वडा-वडाका ढल र नाल सीधै बागमती विष्णुमती धोविखोला जस्ता नदिहरु तिरै सोझ्याइदिएका छन्।

तीब्र जनसंख्याबृद्धी र अव्यस्थित शहरिकरणको पर्याय बनेको काठमाण्डू उपत्यकाबाट बग्ने बाग्मती र त्यस्का शाखा नदिहरुका किनारहरु पनि मानवीय अतिक्रमणको चपेटामा परेका छन्।

बागमती र अन्य नदिबाट पर्यावरण नै विग्रिने गरि बालुवा निकाल्ने क्रम पनि रोकिएको छैन।

बागमती दुर्गन्धित र प्रदुषित बनेपछि बागमति सफाईको अभियानमा विभिन्न व्यक्ती र गैरसरकारी संस्थाहरु लागिपरे पनि सुखद परिणाम निस्किएको छैन।

ढलमति नाम पाइसकेको बागमती नदीले पुन: आफ्नो प्राकृतीक रुप फिर्ता पाउला?

आशंकै आशंकाकाबीच हालै सार्वजनिक गरिएको एउटा कार्ययोजनाले आगामी पाँच वर्षभित्र बागमति र यस्का शाखा नदिहरुलाई सफा गर्ने उद्देश्य राखेको छ।

बागमतीको दुरावस्था र सफाई गर्न थालिएका प्रयासहरु समेटेर सुरेन्द्र फुयालले तयार गरेको नयाँ श्रृंखला सुन्नका लागि तलका लिंकहरुमा क्लिक गर्नुहोस्:

बागमतीको दुरावस्था-15.11.10 प्रमुख प्रदुषक-16.11.10

व्यापक अतिक्रमण-17.11.10

सफाई अभियान-18.11.10

बामगती कार्ययोजना-19.11.10