फेरि निर्वाचनबारे छलफल

पछिल्लोपल्ट अपडेट गरिएको: 20.10.12, 20:53 NST सम्मका समाचार
Parties elections again

यसअघि कतिपय नेताहरूले संविधानसभा पुनर्स्थापनाको वकालत गर्दै आएका थिए

यसअघि संविधानसभा पुनर्स्थापनाको वकालत गर्दै आएका नेताहरुले पनि अब निर्वाचनमा जानु पर्ने बताउन थालेकाछन्।

प्रधानमन्त्री बाबुराम भट्टराईले बैशाखभित्र निर्वाचन गर्नुको विकल्प नरहेको बताए।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले पनि पुनर्स्थापनाको संभावना कम हुँदै गएको बताए।

उनले संविधानसभा पुनर्स्थापना घोषणा सभाकोरुपमा एक दिनको लागिमात्र गर्नु पर्ने तर्क गरे।

केही दिनयता राजनीतिक संकट समाधानको निम्ति संविधानसभा पुनर्स्थापना वा निर्वाचन भन्ने फरक फरक बाटो अघि सारी विभाजित देखिएका दलहरु त्यसरी फेरी एउटै भाषा बोल्न थालेका छन्।

प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको एक कार्यक्रममा बोल्दै निर्वाचन अपरिहार्य भएको बताए।

उनले भने, “हामिले प्रयत्न ग-यौं भने बैशाखसम्म निर्वाचन गर्न सकिन्छ, र अबको विवाद भनेको संविधान जारी गरेर निर्वाचन गर्ने कि पहिले चुनाव गर्ने भन्ने नै हो।”

"हामिले प्रयत्न ग-यौं भने बैशाखसम्म निर्वाचन गर्न सकिन्छ, र अबको विवाद भनेको संविधान जारी गरेर निर्वाचन गर्ने कि पहिले चुनाव गर्ने भन्नेनै हो"

बाबुराम भट्टराई, प्रधानमन्त्री

शनिबारनै एकिकृत माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतानत्रिक मोर्चाको बैठकले राष्ट्रिय सहमति जुटाउन हदैसम्मको लचक्ता अपनाउने निर्णय गरेको थियो।

यसअघि पुनर्स्थापनाको पक्षमा उभीएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले पुनर्स्थापनाको संभावना तुहिंदै गएको बताए।

उनले भने, “पुनर्स्थापना उत्तम विकल्प भए पनि त्यसको संभावना कम हुदै गएको छ।”

'संकट लम्बिदै'

तर नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भने माओवादीका कारण संकट लम्बिदै गएको सुनाए।

उनले भने, “सहमति गर्न माओवादीले आलटाल गर्दैछ।”

राष्ट्रपतिसंग सामुहीक भेट गरेको भोलिपल्ट नेताहरु शनिवार पनि संकट समाधान भन्दा शुभकामना साटासाट गर्न बढी इच्छुक देखिन्थे।

निकासको लागि कुनै ठोस समयसीमा तोक्न नचाहे पनि उनीहरूले दशैं तिहारबीच घनिभुत छलफल गरेर समाधान निकाल्ने प्रयास गर्ने आश्वासन दिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।