प्रधानन्यायाधीश रेग्मीबाट शपथ ग्रहण

पछिल्लोपल्ट अपडेट गरिएको: 14.03.13, 12:15 NST सम्मका समाचार
खिलराज रेग्मी

रेग्मीको कार्यकाल निकै चुनौतीपूरण हुने कैयौंको विश्लेषण छ

प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षको शपथ लिएका छन्।

शपथपछि प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष रेग्मीले तोकिएको समयमा चुनाव गर्ने प्रतबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी रेग्मीले शान्ति सुरक्षा कायम गर्ने विरोधमा उत्रेका दलहरुसँग समर्थन खोज्ने प्रयत्न गर्ने बताएका छन्

राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट शपथ लिएपछि रेग्मीले थप दुइजना मन्त्रीलाई शपथ दिलाएका छन्।

पूर्व मुख्य सचिव माधव घिमिरेले परराष्ट्र तथा गृह मन्त्रीको शपथ लिएका छन्।

पूर्व कानून सचिव हरिप्रसाद न्यौपानेले कानुन तथा यातायात मन्त्रीको शपथ लिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।