बस्टन बम हमलाका सन्दिग्ध गिरफ्तार

  • 20 एप्रिल 2013
बस्टन बम आक्रमणका सन्दिग्ध जोखार सारानाएभ
Image caption सन्दिग्ध बम हमलाकार जोखार सारानाएभलाई लागेको गम्भीर चोटपटकको अस्पतालमा उपचार भइरहकेो छ

संयुक्त राज्य अमेरिकामा बस्टन म्याराथनका बेला बम हमला गरेको आरोप लागेका एकजना युवकको गिरफ्तारी संगै त्यहाँको प्रहरी इतिहासमा सबैभन्दा ठूलो मध्येको एउटा खोजी कार्वाहीको अन्त्य भएको छ।

ती सन्दिग्ध बम हमलाकारी, १९ बर्षय जोखार त्सारनाएभलाई एउटा घरको करेसाबारीमा रहेको डुंगामा लुकेको अवस्थामा फेला पारिएको थियो।

चेचेन मुलका ती युवकलाई केहिबेरको गोली हानाहानपछि पक्राउ गरिएको थियो।

उनलाई लागेको गम्भीर चोटपटकको अस्पतालमा उपचार भैरहेको छ।

प्रहरीका अनुसार, बोस्टन नजीकको वाटर टाउन बस्तीमा दोहोरो गोली हानाहान पछि घेरामा पारेर जोखार त्सारनाएभलाई पक्राउ गरिएको थियो।

शुक्रबार बोस्टन क्षेत्रमा प्रहरीसंग भएको गोली हानाहानको घटनामा जोखार घाइते भएको भएता पनि पैदल उम्कन सफल भएका अनुमान गरिएको छ।

उक्त घटनामा उनका दाजु तथा बोस्टन बम हमलाका अर्का सन्दिग्ध, तेमरलेनको मृत्यु भएको थियो।

गत सोमबार बोस्टन म्याराथनका बेला भएको बम विस्फोटनमा तीनजनाको ज्यान जानुका साथै १७० जना भन्दा बढी घाइते भएका थिए।

सो आक्रमणका सन्दिग्ध आरोपितको खोजी शुक्रवार तीव्र पारिएपछि प्रहरीले शहरवासीलाई घरभित्रै बस्न भनेको थियो।

'बाहिरी सहयोग?'

शुक्रबार बेलुका आयोजीत एउटा पत्रकार सम्मेलनमा राष्ट्रपति बाराक ओबामाले, ती बम हमलाकारीहरुलाई आक्रमणका लागि प्रेरित तुल्याउने तत्व के थियो र तिनीहरुलाई बाहिरी सहयोग प्राप्त थियो की थिएन भन्ने जस्ता प्रश्नहरको जावफ खोजीने बताएका थिए।

बीबीसीका सुरक्षा सम्बाददाता गोर्डन कोरेरा भन्छन्, अब बोस्टन म्याराथनमा भएको आक्रमणका सन्दिग्धहरुको नाम र तिनीहरुको जीवनका बारे धेरै हदसम्म थाहा भैसकेको छ, तर तिनीहरुले उक्त हमला किन गरे भन्ने प्रश्नको जवाफ भने पाइएको छैन।

अमेरिकी समाजमा राम्ररी घुलमिल भएका भाई र सामाजीक रुपमा सहज अनुभव गर्न नसकेको दाजुको मनस्थिती र गतिविधिका बारे विभन्न अनुमानहरु भैरहेका छन्।

तर के यो समग्र घटना, ती दुई दाजुभाईको क्रियाकलापसंग मात्रै सम्बन्धित रहेको होला त?

संगठीत रुपमा अमेरिकाभित्र हमला गर्ने षडयन्त्र रच्नेहरुको युग समाप्त भैसकेको ठान्ने अमेरिकीहरु यस्बाट चिन्तीत हुन सक्छन्।

तर अर्कोतर्फ अधिकारीहरुको दृष्टिमा हत्पत्ती नपर्ने, स्व:स्फूर्त रुपमा निर्माण हुने साना समूहरुको युग शूरु भएको हो भने त्यो पनि त्यतिकै चिन्ताजनक विषय हुन सक्छ।