समावेशीकरणको यथार्थ

  • 29 एप्रिल 2013

नेपालमा हिजोआज निकै चल्तीको शब्द हो – समावेशी। र, त्यो शब्दलाई प्रचलनमा ल्याउने श्रेयको मुख्य अंश माओवादीलाई दिने गरिन्छ। जनयुद्धको नाममा माओवादीले शुरु गरेको सशस्त्र विद्रोहमा समावेशीको नाराले मलजल गरेको ठानिन्छ। सर्वत्र प्रभावित पारेको समावेशीको नारालाई एकीकृत माओवादीलगायत प्रमुख राजनीतिक दलहरुले कत्तिको अपनाएका छन?

आरक्षण, सकारात्मक विभेद वा विशेषाधिकारका नाममा सरकारी तथा गैरसरकारी संस्थाहरुले पछाडी पारिएका वर्ग, समुदाय, क्षेत्र र लिङ्गका मानिसहरुलाई मूलधारमा ल्याउन प्रयत्न गरीरहेका छन्।

यसै परिवेशमा राजनीतिक दलहरुले पनि यो मुद्दालाई औपचारिक रुपमै आत्मसात गरेका छन्। उनीहरुले पार्टीको सबै तहमा उक्त समुदायकाहरुलाई समावेश गर्ने कुरा गरेका छन्।

तर समावेशीकरणको जति नै ठूला कुरा गरे पनि प्रमुख दलहरुले आफ्नो केन्द्रिय समितिमा जातीय, क्षेत्रीय र लैङ्गिक समावेशीकरणलाई न्यायोचित बनाउन सकेको देखिंदैन।

यसै प्रसंगमा बीबीसी मिडिया एक्सनका हाम्रा सहयोगी मेघराज रसाइलीले चार प्रमुख दलहरु एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सांगठनिक संरचनामा समावेशीकरणको अवस्था कस्तो छ भनेर खोजतलास गरेका थिए। उनले तयार गरेको उक्त श्रृंखला सुन्न तलको लिंकहरुमामा क्लिक गर्नुहोस्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन