पूर्वी कंगोमा सेना र विद्रोहीबीच भिडन्त

  • 5 नोभेम्बर 2013
कंगोका सेना
Image caption सीमावर्ती क्षेत्रमा सरकारी र विद्रोही फौजबीच भिडन्त चर्किरहेको संबाददाताहरु बताउँछन्

राष्ट्रसंघीय सेनाको सहयोगमा सो देशको सेनाले एम-23 आन्दोलनका विद्रोही विरुद्धका कारवाहीलाई रुवान्डा र युगान्डा नजिकैका क्षेत्रमा अघि बढाइरहेको बताइरहेको छ।

विद्रोहीका प्रमुख अखडाहरु निशानामा परेको बताइएको छ।

राष्ट्रसंघका एक प्रवक्ताले द्वन्द्वको सैन्य समाधान नभएकोमा जोड दिए।

कंगोली सेनाले विद्रोहीका अन्तिम अखडाहरु मध्येमा पर्ने म्बुजी क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।

राष्ट्रसंघीय सेनाले पनि विद्रोहीका अन्य दुई क्षेत्रमा गोलावारी गरिरहेको बताइएको छ।

गोलाबारी

विद्रोहीहरुले प्रतिक्रिया जनाउंदै सीमावर्ती नगर बुनागानामा गोलाबारी गरेका थिए।

त्यसक्रममा चार जनाको ज्यान गएको बताइएको छ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वमा रहेको बुनुगाना नगरबाट हजारौं मानिसहरु युगान्डा तर्फ भागेका छन्।

उगान्डामा रहेका बीबीसीका एक सम्बाददाताले आफ‍ूले क्षेप्यास्त्रहरु पड्किएको आवाज सुनेको बताए।

सन् २०१२को मार्चमा हिंसा शुरु भएयता आठ लाख मानिसहरुले आफ्नो घर छोडी सुरक्षित स्थान तर्फ लागेका छन्।

विद्रोही एम-23ले गरेको युद्ध विरामको प्रस्तावलाई सरकारले सोमबार अस्वीकार गरिदियो।

तर राष्ट्रसंघका एक प्रवक्ताले द्वन्द्वको राजनीतिक समाधान खोजिने पर्ने बताए।

“एम‌-23 एउटा यस्तो शक्ती हो जस्को राजनीतिक समाधान आवश्यक पर्छ।

“सैन्य हिसावले विद्रोहीहरु बलियो वा निर्धो जे भएपनि फरक पर्दैन, यो प्रक्रियामा सैन्य कारवाही मात्रैले यो द्वन्द्वको समाधान निस्कन सक्दैन।”

सीमावर्ती क्षेत्रमा सरकारी र विद्रोही फौजबीच भिडन्त चर्किरहेको संबाददाताहरु बताउँछन्।

अफ्रिकी नेताहरुले चांही प‍ूर्वी कंगोमा भविष्यमा सशस्त्र द्वन्द्व चर्किन नदिने उपायहरुबारे दक्षिण अफ्रिकामा छलफल शुरु गरेका छन्।