दक्षिण सुडानमा हिंसा प्रभावित क्षेत्रका बासिन्दा त्रासमा

  • 23 डिसेम्बर 2013
दक्षिण सुडानका विद्रोहीहरु
Image caption दक्षिण सुडानमा साम्प्रदायिक हिंसाले चरम रुस लिनेमा चिन्ता व्यक्त गरिंदैछ

दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजकले भनेका छन्, त्यहां साम्प्रदायिक हिंसाले चर्को रुप लिंदै गर्दा लाखौं मानिसहरु जीउधन गुम्ने त्रासममा बांच्नु परिरहेको छ।

ति राष्ट्रसंघीय अधिकारी टोबी ल्यानजरले आफूले सडकहरुमा मानिसहरुलाई मृत्युदण्ड दिइएको देखेको बताउंदै, हिंसा जारी रहेको बोर नगरस्थित राष्ट्रसंघीय कार्यालय परिसरमा प्रवेश गर्न मानिसहरुको भिड लागेको जनाएका छन्।

राष्ट्रसंघीय मानवीय सहायता संयोजक टोबी ल्यानजरले भने, “दक्षिण सुडानमा त्रासपूर्ण र हतास वातावरणका संगसंगै बदला लिने कार्यको चक्रले पनि चरम रुप लिएको छ।“

विष्मयकारी

उनले जुन गतिमा स्थितीले पल्टा खाएर हिंसा फैलिएको छ त्यो उनकै शब्दमा विष्मयकारी भएको बताएका छन्।

“दुई हप्ता अघि मात्र राजधानी जुबामा लगानी सम्मेलन सम्पन्न गरिएको देशमा अहिले सडकमा मानिसहरुलाई उभ्याएर गोली हानेर मारिंदै गरेको दृश्य देख्‍नु परेको छ“, ल्यानजरको भनाई थियो।

जांगलेइ प्रान्त विद्रोहीहरुको हातमा गएपछि त्यहां त्यस्ता मृत्युदण्डका घटनाहरु भएका उनले जनाएका छन्।

अबको हप्ता उक्त देशले कुन दिशा लिने हो भन्नै नसकिने स्थिती रहेको पनि बताए। दुई हप्ता अघि मात्र राजधानी जुबामा लगानी सम्मेलन सम्पन्न गरिएको देशमा अहिले सडकमा मानिसहरुलाई उभ्याएर गोली हानेर मारिंदै गरेको दृश्य देख्‍नु परेको छ

दुई हप्ता अघि मात्र राजधानी जुबामा लगानी सम्मेलन सम्पन्न गरिएको देशमा अहिले सडकमा मानिसहरुलाई उभ्याएर गोली हानेर मारिंदै गरेको दृश्य देख्‍नु परेको छ

कमजोर

उनका अनुसार, अहिले दक्षिण सुडानमा कालो बादल मडारिरहेको छ जस्ले त्यहांको मानवीय अवस्था कमजोर तुल्याउने गरि हिंसाको आंधी ल्याउन सक्छ।

उनी हिंसा प्रभावित नगर बोरबाट राजधानी जुबा फर्केपछि बोल्दै थिए।

त्यहां आफूहरुले विभिन्न देशका अलपत्र परेका नागरिकहरुलाई उद्दार गरेको र आफूले उपचारका लागि छ जना घाइतेलाई पनि राजधानी बोर ल्याएको उनले बताएका छन्।

उनले थुप्रै मानिसहरुले संयुक्त राष्ट्र संघको कार्यालय परिसरहरुमा आश्रय खोजी रहेका र कोही भागेर जंगलमा लुक्न गएका पनि बताए।

लडाईं

दक्षिण सुडानमा राष्ट्रपति साल्भा किइर र उनका भूतपूर्व सहायक रिएक मासार प्रति बफादार सैनिकहरुबीच गत हप्ता देखि लडाईं भैरहेको छ।

राष्ट्रपति साल्भा किइरले भूतपूर्व उपराष्ट्रपति रिईक मासारमाथि सैनिक विद्रोहको प्रयास गरेको आरोप लगाएका छन्।

यसअघि दक्षिण सुडानका अधिकारीहरुले, तेलधनी प्रान्त युनिटी स्टेटको राजधानी बनेटीउ भूतपूर्व उपराष्ट्रपति रिएक मासारलाई समर्थन गर्ने सैनिकहरुको हातमा गएको पुष्टि गरेका थिए।