नयाँ वर्ष सन् २०१४को स्वागत

  • 1 जनवरी 2014
नयाँ वर्षको स्वागतमा झिलिमिली
Image caption नयाँ वर्ष शुरु भएलगत्तै मानिसहरुले शुभकामना आदानप्रदान गरेका थिए

नयाँ वर्ष सन् २०१४लाई विश्वभर दशौंलाख मानिसहरुले हर्षोल्लाशप‍ूर्वक स्वागत गरेका छन्।

एसिया प्रशान्त क्षेत्रमा चीनको बेइजिङ, साङघाइका साथै सिंगापुर, इण्डोनेसियाको जाकार्ता र अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष मनाउन थुप्रै मानिहरु भेला भएका थिए।

नयाँ वर्षलाई ब्रिटेन, जर्मनी, फ्रान्स, नाइजेरिया लागयतका देशहरुमा पनि स्वागत गरिएको छ।

चीनको साङ्घाइको बन्ड वाटरफ्रन्टमा नयाँ वर्षको स्वागत गरिएको थियो।

बेइजिङ नजिकैको ग्रेट वालमा पनि रंगीचंगी बत्तीहरुको आकर्षक प्रदर्शन गरिएको थियो।

झिलिमिली

Image caption विश्वमा सबै भन्दा पहिले नयाँ वर्षलाई स्वागत गर्नेहरु मध्येमा न्यु जील्याण्ड एक थियो

न्युजील्याण्डमा चांही अकल्याण्डको स्काइ टावरमाथि आतसबाजी गर्दै नयाँ वर्षको स्वागत गरियो।

सिडनीको अपेरा हाउस र हार्वर ब्रिज नजिकैको झिलिमिलीमा थुप्रै अष्ट्रेयियालीहरु नयाँ वर्ष मनाउँन झुम्मीएका थिए।

वत्तिहरुको प्रकाशले झिलिमिलि हङकङमा नयाँ वर्षको स्वागतअघि मानिसहरुले सामुहिक रुपमा गन्ति गरेका थिए।

नयाँ वर्ष शुरु भएलगत्तै मानिसहरुले शुभकामना आदानप्रदान गरेका थिए।

सिंगापुर र जाकार्तामा पनि नयाँ वर्षको उल्लाशमा थुप्रै रमाए।

आतसबाजी

Image caption युरोप र अफ्रिकाका विभिन्न शहरहरुमा पनि नयाँ वर्ष सन् २०१४ मनाइएको छ

दुबईमा विश्वकै सबभन्दा अग्लो भवन बुर्ज खालिफामा आतसबाजी गरिएको थियो।

मस्कोको मध्य भागमा नयाँ वर्ष मनाउनेहरुले क्रेमलिन माथि गरिएको आकर्षक प्रदर्शनी हेर्दै रमाएका थिए।

दक्षिणी शहर भोल्गोग्रादमा आत्मघाती वम विष्फोट भएका कारण मस्को र अन्य शहरमा सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो।

लण्डनमा थेम्स नदिको किनारमा आतिसवाजी हेरेर थुप्रै मानिसहरु रमाए।

बर्लिन र प्यारिसमा पनि नयाँ वर्षको अवसरमा आतसबाजी र आकर्षक प्रदर्शनी भएका थिए।