थाइ चुनाव: ‘९० प्रतिशत केन्द्रमा सामान्य मतदान’

  • 3 फेब्रुअरी 2014
प्रदर्शनकारीहरु तस्वीर कपीराइट Getty
Image caption चुनावी नतिजाले थाइल्याण्डको राजनीतिक संकट समाधान गर्ने सम्भावना नभएको बताइन्छ

थाइल्याण्डको निर्वाचन आयोगका अनुसार देशभर १० प्रतिशत जति मतदान केन्द्रहरुमा करिव ६० लाख मतदाताहरु प्रभावित भएका थिए।

प्रधानमन्त्री यिङलक सिनावात नेतृत्वको दलले चुनाव जित्ने अपेक्षा गरिएको छ।

तर कानूनी चुनौती र सांसदहरुका क्रियाकलापका कारण राजनीतिक संकट सहजै हल नहुने चिन्ताहरु कायमै छन्।

‘प्रजातान्त्रिक’

प्रधानमन्त्री यिङलक सिनावातले आइतबारको चुनावमा भएको मतदानले थाइल्याण्डका जनताहरुले देशमा प्रजातन्त्रिक पद्दतीको निरन्तरता चाहेको देखाएको बताएकी छिन्।

आइतबारको चुनावलाई प्रमुख प्रतिपक्षी दलले बहिष्कार गरेको थियो।

सरकार विरोधी प्रदर्शनकारीहरुले करिब १० प्रतिशत मतदान केन्द्रहरुलाई बन्द गर्न बाध्य तुल्याइदिएका थिए।

तर अधिकांस स्थानमा मतदान संतोषजनक भएको अधिकारीहरुले बताए।

बैंककस्थित बीबीसीका एक सम्बाददाता भन्छन्, “मतदान गर्न जान चाहिरहेका धेरै थाइहरुले बाटोमा अवरोधहरुको सामना गर्नु परेको थियो, त्यस्ले चुनावलाई अवरुद्ध तुल्याएको थियो।”

ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप पनि भएको थियो।

'दु:ख'

कयौले मतदान गर्न नपाउँदा दु:ख व्यक्त गरेका थिए।

महिनौं देखिको तनावका क्रममा विपक्षी प्रदर्शनकारीहरुले सरकार ढाल्ने र त्यस्को बदलामा चुनावी परिषद गठन हुनु पर्ने माग गरिरहेका थिए।

चुनावी नतिजाले थाइल्याण्डको राजनीतिक संकट समाधान गर्ने अवस्था उत्पन्न गर्ने सम्भावना छैन।