‘उत्तर कोरियामा मानवताविरुद्धका अपराध’

  • 18 फेब्रुअरी 2014
उत्तर कोरिया विरुद्धको प्रदर्शन तस्वीर कपीराइट Getty
Image caption छिमेकी दक्षिण कोरियामा उत्तर कोरियाली नेताहरु विरुद्ध चर्का नाराबाजी र प्रदर्शनहरु हुने गरेका छन्

संयु्क्त राष्ट्रसंघीय स्वतन्त्र छानबिन टोलीका प्रमुख माइकल कर्वीले आफ्नो अध्ययन टोलीले उत्तर कोरियामा समकालीन विश्वमा कतै नभएको जस्तो हत्या, यातना, भोकमरि र दासत्वबारेका प्रमाणहरु फेला पारेको बताएका छन्।

तर उत्तर कोरियाले त्यो प्रतिवेदनलाई अमेरिका र उस्का देशको षडयन्त्र भन्दै अस्वीकार गरेको छ।

राष्ट्रसंघीय स्वतन्त्र वीज्ञहरुको टोलीका प्रमुख माइकल कर्वीले आफूले उत्तर कोरियामा विभत्स र अमानवीय घटनाहरु भइरहेको प्रमाणहरु पाइएको बताए।

'बर्बर'

उनले भने, “एक शिविरमा एक प्रत्यक्षदर्शीले भने उनको काम भोक भोकै मरेका व्यक्तीहरुको शब ल्याएर एउटा भाडामा हालेर तीनिहरुलाई जलाउने र त्यो खरानीलाई लगेर खेतमा हाल्ने जहाँ त्यस्ले राम्रो मलको काम गर्दथ्यो।”

“यस्तो घटनाले मेरो उमेरका मानिसहरुमा दोस्रो विश्व युद्धको अन्त्य तिरका घटनाको स्मरण गराउँदछ।”

अध्यन टोली प्रमुख कर्वीले त्यस्ता बर्बर घटनाप्रति उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अन र सयौ उत्तर कोरियाली अधिकारीहरुले जिम्मेवार हुनु पर्ने बताए।

उनको टोलीले तयार पारेको बहुप्रतिक्षित प्रतिवेदनले उत्तर कोरियामा भइरहेका अमानविय घटनाहरुको फेहरिस्त प्रस्तुत गर्दै त्यसप्रति अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

उत्तर कोरियाले चांही अध्ययन प्रतिवेदन लाई अमेरिका र उस्का मित्र देशहरुको राजनीतिक षडयन्त्र भएको भन्दै प्रतिवेदनलाई अस्वीकार गरेको छ।