"विमान दुर्घटना को समाचार पुष्टि हुन बांकी"

  • 8 मार्च 2014
मलेसिया एअरलाइन्स तस्वीर कपीराइट
Image caption क्वालालम्पुरबाट बेइजींग तर्फको उडानमा रहेको उक्त विमानमा २३९ जना सवार थिए

मलेसियाका यातायात मन्त्रीले भनेका छन्, सम्पर्क विच्छेद भएर हराइरहेको मलेसिया एअरलाइन्सको विमान फेला परेको छैन र भियतनामको तट पारी उक्त विमान दुर्घटनाग्रस्त भएको भन्ने विवरणहरुको पुष्टि भएको छैन।

यसअघि भियतनामको सरकारी संचार माध्यमले एकजना नौसैनिक अधिकारीलाई उद्धृत गर्दै, मलेसिया विमान सेवाको हराइरहेको विमान भियतनामको तटपारी दुर्घटनाग्रस्त भएको समाचार दिएको थियो।

क्वालालम्पुरबाट चीनको बेइजींग तर्फको उडानमा रहेको उक्त विमानमा यात्रु र उडानदलका सदस्य गरी २ सय ३९ जना सवार थिए। उक्त विमानको उडानको दुई घण्टापछि नै सम्पर्क विच्छेद भएको थियो।

उक्त विमानसेवाले यात्रुहरु मध्ये १ सय ५२ जना चिनीयां नागरिकहरु भएका बताएको छ।

त्यसमा अरु १३ वटा विभिन्न देशका नागरिकहरु पनि सवार थिए।

उक्त विमानको खोजी कार्यमा सघाउन चीनले दुईवटा पानीजहाज पठाएको छ।

(पुष्टि सहितका थप विवरणहरुको प्रतिक्षा भैरहेको छ।)