हराएको विमानको खोजी अब हिन्द महासागरमा

  • 14 मार्च 2014
MH 370 तस्वीर कपीराइट
Image caption हिन्द महासागरमा भएको खोजीमा अमेरिका र भारतले सहयोग गरिरहेका छन्

आश्चर्यजनक रुपमा हराइरहेको मलेसिया एयरलायन्सको विमानको खोजी हिन्द महासागरमा पनि सुरु गरिएको छ।

यसअघ‌ि साउथ चाइना सी मा खोजी कार्य केन्द्र‌ित गरिएको थियो। हिन्द महासागरमा खोजीका लाग‌ि अमेरिकाले टोलीहरु खटाइसकेको छ।

भारतले पन‌ि मलेसिया सरकारको आग्रहमा खोजी कार्य थालेको छ।

रहस्यमय

विमान हराइरहेकोसम्बन्धमा परस्परवरिवधी व्याख्याहरु सार्वजनकि भइरहंदा उक्त घटना थप रहस्यमय बन्दै गइरहेको देख‌िएको छ।

मलेसिया, चीन, अमेरिका लगायतका मुलुकले खोजी कार्य जारी राखेपन‌ि गत शनविारयता सम्पर्कविहीन बनेको एमएच ३७० विमानको अझै कुनै पन‌ि भरपर्दो संकेतहरु भेट‌िएका छैनन्।

वर्षोसम्म रहस्यको गर्भमा रहेका र हालसम्म पन‌ि समाधान हुन नसकेका यसअघिका विमान बेपताका घटनासंग पछिल्लो घटनालाई पन‌ि जोडेर हेर्न थाल‌िएको छ।

क्वालालम्पुरबाट बेइजिंग जांदै गरेको उक्त विमानले मलेसियाको पू्र्वमा पर्ने साउथ चाइना सी माथ‌ि बाट अन्त‌िम पटक हवाई नियन्त्रण कक्षसंग सम्पर्क गरेको थियो।

चालक दलका सदस्यसहित २३९ जना सवार उक्त विमानको खोजी लगतै थाल‌िएपन‌ि एक साता भइसक्दा समेत केही हात लाग्न सकेको छैन।

यसबीचमा विमान दुर्घटना भएको वा अपहरणमा परेको हुनसक्ने सम्मका परस्परविरोधी व्याख्याहरु आए।

तर कुनै पन‌ि व्याख्यालाई पुष्ट‌ि गर्ने आधार भने भेटिन सकेको छैन।

निष्कर्ष

उक्त विमानले झेलेको हुनसक्ने सम्भावित घटनाबारे निष्कर्षमा पुग्नुअघ‌ि डाटा रेकर्ड हुने विमानको भाग ब्ल्याक्स बक्स भेटिनु जरुरी रहेको मलेसियाका कार्यवाहक यातायात मन्त्री हिसमुद्दीन हुसेनले बताएका छन्।

उनले भने,"हाम्रो ध्यान विमान र ब्ल्याक बक्स पत्ता लगाउन केन्द्र‌ित रहनुपर्छ। किनकी कसरी अगाड‌ि बढ्ने अन‌ि कस्तो खालको समन्वय गर्नुपर्छ भन्ने कुरा त्यसबाट प्रष्ट हुन्छ, जस्तो एयर फ्रान्सको विमान दुर्घटना हुंदा त्यसबारे पत्ता लगाउन केही समय लागेको थियो।"

सन् २००९ मा ब्राजिलबाट फ्रान्सका लाग‌ि उडेको एयर फ्रान्सको विमानका भग्नावशेष पांच दिनपछ‌ि समुन्द्रमा पेला परेको थियो र ब्ल्याक बक्स समुन्द्रको ४ हजार मिटर मुन‌ि भेट‌िएको थियो।

धेरै दिनपछ‌ि मात्रै विमानका भग्नावशेष भेट‌िएका यस्ता घटनामात्रै होइन दुर्घटनाका कारण यकीन नभएका अन‌ि विमान नै नभेट‌िएका केही घटना विगतमा पन‌ि भएका छन्।

सन् १९४० को दशकमा बर्मुडा ट्रयान्गलमा कुनै संकेत विना दुईवटा ब्र‌िटिश विमान हराएको घटना अहिले पन‌ि रहस्यकै गर्भमा छ।

मलेसिया एयरलायन्सको पछिल्लो विमानबारे पन‌ि अनेक खालका अड्कलबाजी आएका छन्।

चीनले अवशेष भेट‌िएको भनी भूपउपग्रहीय दृश्यहरु सार्वजनकि गरेपन‌ि त्यो, उक्त विमानको नभएको पछ‌ि पुष्ट‌ि भयो।

अन्त‌िम सम्पर्कपछ‌ि पनि विमान केही घण्टा उडेको अनुमानमा अमेरिकाले पनि खोजीका लागि हिन्द महासागरमा आफ्नो नौसैनिक जहाज पठाएको छ।

चिन्ता

अन्योलबीच यात्रुका परिवार झन झन पीडाको अवस्थाबाट गुज्रनु परिरहेको जस्तो देखिन्छ।

यात्रुका एक क्रुद्ध आफन्तले भने,"हामी समयसंग लडिहेका छौ। जत‌ि खोजी क्षेत्रलाई बढाइन्छ त्यत‌ि नै हाम्रा आफन्त जीव‌ित भेटिने सम्भावना रहन्छ। हामी दिन दिनै कुरिरहेका छौ तर मलेसियाले थोरै मात्रै गरेर समय खेर फालिरहेको छ।"

यस्ता गुनासामाझ खोजी कार्यमा पर्याप्त ध्यान नद‌िएको भन्दै मलेसिया सरकारको तीव्र आलोचना भएको छ।

तर मलेसिया सरकारले ती आरोपहरुको खण्डन गरेको छ।