निर्वाचन आयोग सुरक्षाकर्मीको नियन्त्रणमा

  • 30 मार्च 2014
तस्वीर कपीराइट bbc
Image caption चुनाव आउन एक हप्ता बाँकि रहदा तालिबान बिद्रोहीहरुले आक्रमणहरु तीव्र पारेका छन्

काबुलस्थित निर्वाचन आयोगको मुख्यालयमा आक्रमण गर्ने तालीबानी विद्रोहीहरुको एउटा समूहलाई जवाफी कार्वाहीमा मारेर सरकारी फौजले चुनाव आयोगको भवनमा पुन: आफ्नो नियन्त्रण कायम गरेको छ।

महिलाको भेषमा रहेका बन्दूकधारीहरुले नजिकैको भवनबाट आयोगमा आक्रमण गरेपछि उनीहरुबीच पाच घण्टा लडाई चलेको थियो।

तालीबानले विथोल्ने घोषणा गरेको राष्ट्रपति चुनावको मिति आउन एक हप्ता बाँकी हुँदा पछिल्लो हमला भएको हो।

बुर्का

बुर्काभित्र स्वचालित राइफल र ग्रिनेड आक्रमण गर्ने रकेट लुकाएर एउटा तीन-तले घरभित्र प्रवेश गरेका आक्रमणकारीहरुले चुनावमा प्रयोग गरीने सामाग्रीहरु भण्डारण गरीएका भवनहरुलाई निशाना बनाएका थिए।

अफगानी प्रहरीले चार जना तालीवानी मारीएको बताएको भएपनि काबुल स्थीत गृहमन्त्रालयले सो संख्या पाच भएको जनाएको छ।

सो भिडन्तमा दुई प्रहरी घाइते भएको तर निर्वाचन आयोग परिसरमा रहेका अन्य कर्मचारी हताहत नभएको प्रहरीको भनाई छ।

दुइ पक्ष बिच भिडन्त भैरहँदा आयोगको हाता भित्र रहेका उसका र राष्ट्रसंघका कर्मचारीहरु सुरक्षित कोठाहरुमा लुकेका थिए।

चुनाव सम्बन्धी उजुरी हेर्ने आयोगका अध्यक्ष अब्दुल सतार साद्तले उग्रवादीहरुको आक्रमणबाट चिन्तीत भएको भन्दै थप सुरक्षा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

उनले भने, “तालिबानहरुले प्रत्येक मतदान केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएका छन् उनीहरुले चुनावमा खटीने प्रत्येक कर्मचारीलाई धम्की दिएका छन् र हाम्रा कर्मचारी र कार्यलयहरुमा हमला गर्न थालेका छन्।”

तीव्रता

मतदानको मिति नजिकिदैँ जाँदा तालीवानहरुले योजनाबद्ध रुपमा आफ्ना गतिविधि तीव्र पारेको देखिन्छ।

निर्वाचन आयोगमा गरिएको आक्रमण काबुलको सेरेना होटलमा बसेका अन्तराष्ट्रीय चुनाव पर्यवेक्षकलाई लक्षीत गरी ८ दिन अघी सुरु भएको हिंसाको श्रृंखला यताको चौथो गम्भीर तालीवानी आक्रमण हो।

यस बिचमा प्रहरीहरु चेक साट्न लामबद्ध भएर बसेका बेला कुनरको एउटा बैंक र काबुलमा विदेशी साहयताकर्मीहरु बस्ने एउटा गेष्ट हाउसमा पनि आक्रमण भएको छ।

पछिल्लो हमला खस्कदो सुरक्षाका कारण निर्वाचन आयोगले कतिपय मतदान केन्द्रमा चुनाव रद्द गर्ने घोषणा गर्न लागेको बेला आएको छ।

बीबीसीका काबुल स्थीत सम्वाददाता डेविड लोयान भन्छन्, देशको ग्रामीण भुभाग लोकतन्त्रको लागी अति खतरनाक बनाएका तालीवानहरुले अहिले चुनावको अनुगमन गर्ने निकायलाई आफ्नो तारो बनाएका छन्।