फ्रान्सको मन्त्रिमण्डलमा ठूलो हेरफेर

  • 2 एप्रिल 2014
तस्वीर कपीराइट
Image caption म्यानुएल प्रधानमन्त्री हुनु अघि त्यहाँको आन्तरिक मामिला मन्त्री थिए

फ्रान्सका नयाँ प्रधानमन्त्री म्यानुएल भाल्सले सरकार गठन गर्दै राष्ट्रपति फ्रान्स्वाँ ओलाँदकी पूर्व सँगिनी सेगोलिन रोयाललाई वातावरण मन्त्रीमा नियुक्त गरेका छन्।

सत्तारुढ सोसलिष्ट दलले नगरपालिकाहरुको निर्वाचनमा ठूलो हार बेहोरेपछि सरकारमा फेरबदल भएको हो।

शक्तिशाली अर्थ मन्त्रालय लेबर दलका मिशेल सपाँलाई दिइएको छ।

जम्मा १६ सदस्य रहेको उनको मन्त्रिमण्डलमा आठजना महिला मन्त्री रहेका छन्।

राष्ट्रपति ओलाँदकी केही समय अघिकी सँगिनी भ्यालेरी ट्रियरभिल्येर रोयालको नियुक्तिको विपक्षमा रहेको बताइएको थियो।

राष्ट्रपति ‌ओलाँदको एक नायिकासँग सम्बन्ध बढेको खुलेपछि जनवरी महिनामा ट्रियरभिल्येर औपचारिक रुपमा उनीबाट छुट्टिएकि थिइन्।

लामो समय राजनीतिक केन्द्रविन्दुबाट टाढिएकी रोयालको सरकारमा भएको यो आगमनले राष्ट्रपति ओलाँद र ट्रियरभिल्येरबीचको सम्बन्ध पूर्ण रुपमा टुटेको देखाउने कतिपय फ्रेन्च पत्रिकाहरुले उल्लेख गरेका छन्।

ओलाँदका चार छोराछोरीकी आमा हुन् रोयल।

सन् २००७ मा भएको राष्ट्रपतीय निर्वाचनमा रोयाल निकोला सार्कोजीसँग पराजित भएकी थिइन्।

पछिल्ला दशकहरुमा ओलाँद फ्रान्समा सबभन्दा धेरै आलोचित राष्ट्रपतिमा पर्छन्।

उनी अर्थतन्त्र उकास्न नसकेको भनेर आलोचित बन्दै आएका छन्।

नयाँ अर्थमन्त्री मिशेल साँपा राष्ट्रपतिका पुराना सहकर्मी हुन्।

प्रधानमन्त्री भाल्स चाहीँ यसअघि आन्तरिक मामिला मन्त्री थिए।