नर्दन आयरल्याण्डका नेता गिरफ्तार

  • 1 मे 2014
तस्वीर कपीराइट PA
Image caption चुनाव आउन ३ हप्ता बाँकि हुदाँ आफ्ना नेतालाई पुव्रागही रुपमा गिरफ्तार गरिएको आरोप सिन फेनले लगाएको छ

सन् १९७२ मा भएको एउटा हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका नर्दन आयरल्याण्डका सिन फेन दलका नेता प्रमुख नेता जेरी एडम्सले आफू निर्दोष रहेको बताएका छन्।

तत्कालिन आइरिस रिपब्लिकन आर्मीद्वारा एक महिलाको अपहरणपछि हत्या गरिएको मुद्दामा अनुसन्धानको सिलसिलामा बुधबार एडम्स पक्राउ परेका हुन्।

उनलाई ४० बर्ष भन्दा अघि आइरिस रिपब्लिकन आर्मीले अपहरण गरी हत्या गरिएकी जिन मकोनभिलको बारेमा सोधपुछ गरिदैँछ।

आत्मसमर्पण

सन् १९७२ मा पश्चिम बेलफास्टमा रहेको आफ्नो डेराबाट अपहरण गरी हत्या गरीएकी ३७ बर्षीया बिधुवा मकोनभिलको हत्यामा संल्गन भएको आरोपमा एडम्सलाई पक्राउ गरिएको हो।

बुधवार साँझ प्रहरीसामु आत्मसमर्पण गर्नु अघि उनले आफू हत्यामा संलग्न नरहेको बताए।

उनले भने, “म स्वेच्छाले प्रहरीको अगाडी उपस्थित भैरहेकोछु किनभने म माथी बदनियतपुर्ण ढंगबाट आरोप लगाइएको छ, म प्रहरीलाई आफू पुर्ण रुपमा निर्दोष रहेको कुरा बताउँछु।”

सुराकी गरेर आरोपमा अपहरण गरीएकी मकोनभिललाई आइआरए भनिने आइरिस रिपब्लिकन आर्मीले हत्या गरेका थिए।

हत्या भएको कयौं बर्षपछि अर्थात सन् २००३ मा उनको शव काउन्टी लाउथमा रहेको एउटा समुन्द्री किनारमा भेटीएको थियो।

एडम्सले आफू आइआरएसँग सधैँ सम्बन्धीत रहेको भएपनि अपहरण र हत्यामा संल्ग्न भएको भन्ने आरोप दुर्भावनापूर्ण रहेको बताए।

सिन फेनका एक जना नेताले युरोपेली र स्थानिय चुनाव आउन ३ हप्ता अघि सो गिरफ्तारी भएको भन्दै पक्राउ गर्न छनोट गरिएको समय प्रति कडा आलोचना गरेका छन्।

मकोनभिलको हत्या गरिदाँ ११ बर्षका रहेका उनका छोरा माइकल सो गिरफ्तारीको स्वागत गरेका छन्।

नर्दन आयरल्याण्डको गृहयुद्धमा वेपता भएका कयौं मध्ये एक रहेकी मककोभिललाई सुराकी गरेको गलत अभियोग लगाइएको थियो।

टेप

अघिल्लो महिना एक जना ७७ बर्षे नेता इभोर बेललाई मकोनभिलको हत्यामा संल्गन रहेकोमा मुद्दा चलाइएको थियो र पछिल्लो समयमा केहीलाई गिरफ्तार पनि गरिएको छ।

बेलमाथीको मुद्दा उनले अमेरीकाको बोस्टन कलेजका अनुसन्धानकर्ताहरुलाई उनले दिएको भनिएको अन्तरवार्तामा अधारीत छन्।

बोस्टन कलेजको टेपहरुमा त्यतिबेलाका सत्ता समर्थक र आइआरएका अर्धसैन्य दस्ताले खुलेर कुराकानी गर्दै कतिपय गल्तीहरु स्विकारेका छन्।

अर्धसैन्य दस्ताका सदस्यहरुलाई उनीहरुको मृत्युपछि मात्र ती टेपहरु सार्वजनिक गरिने बताइएको थियो।

तर अमेरिकी अदालतमा श्रृखलाबद्ध मुद्दाहरु चलेपछि केही सामाग्रीहरु अधिकारीहरुलाई बुझाइएको छ।

मकोनभिल सुराकी भएको भन्ने दाबी नर्दन आयरल्याण्डको प्रहरी निकायले गरेको एउटा अनुसन्धानपछि गलत सावित भएको थियो।

गोली हानेर हत्या गरिनुअघि उनलाई एक वा बढी घरमा बन्धक बनाइएको र गोप्य स्थानमा पुरिएको थियो।