विश्वकपमा आज: नवौं दिनका खेल र अनुमान

  • 20 जुन 2014
कोस्टारिका तस्वीर कपीराइट BBC World Service
Image caption इटली र कोस्टारिकाबीचको खेललाई इंग्ल्याण्डको पनि भाग्य निर्धारकका रुपमा हेरिएको छ

आज शुक्रबार समूह डी को खेलमा ‌इटली अथवा कोस्टारिकाले विजयसंग अर्को चरणमा स्थान सुनिश्चित गर्न सक्छन्।

यदि खेल बराबरीमा टुंगीए इंग्ल्याण्डको अगाडी बढ्न पाउने आशाको आधारिकारिक रुपमा नै अन्त्य हुनेछ।

फ्रान्स र स्वीट्जरल्याण्डबीचको खेलमा जो जीते पनि त्यो समूह इ को शिर्ष स्थानमा पुग्नेछ।

आज हुने नवौं दिनको खेलहरुका बारे बीबीसी स्पोर्टका मार्क लरेन्सन् को अनुमान र विश्लेषण:

इटली र कोस्टारिका, समूह डी

“संयुक्त राज्य अमेरिकाका व्यवस्थाक योर्गन क्लिनसमनका अनुसार कोस्टारिका बलियो टोली हो र युरुग्वेलाई जितेर तिनीहरुले त्यो सावित पनि गरिसकेका छन्।“

“इटलीले इंग्ल्याण्डसंगको खेलमा केहि अप्ठ्याराहरु बेहोर्नु परेको थियो तर अन्तत: खेल तिनीहरुले नै जितेका थिए।

"यो पटक पनि तिनीहरुले त्यस्तै गर्न सक्छन्।“

तस्वीर कपीराइट Reuters
Image caption शुक्रबारको खेलमा बलियो मानिएको कोस्टारिकाको टोलीलाई इटलीले जीत्ने प्रयास गर्नेछ।

स्वीट्जरल्याण्ड र फ्रान्स, समूह इ

“शुरुको खेलमा होन्डुरसले फ्रान्सलाई हराउने ठूलो प्रयास गरेका थिए तर त्यो सफल हुन सकेन।

"फ्रान्सले अन्त्यमा सहज जीत हासिल पारेको थियो।“

“स्वीट्जरल्याण्डले फ्रान्सका सामु आफ्नो क्षमता देखाउन मिल्ने गरी चुनौती प्रस्तुत गर्नेछ।

"तर फ्रान्सको मिडफील्ड निकै बलियो देखिएको छ।“

तस्वीर कपीराइट AFP
Image caption स्वीट्जरल्याण्डले फ्रान्सका सामु बलियो चुनौती प्रस्तुत गर्ने ठानिएको छ

होन्डुरस र इक्वेडर, समूह इ

“फ्रान्ससंगको खेलमा होन्डुरस कमजोर देखिएको थियो र तिनीहरुको रणनीति उर्जाशील इक्वेडर पक्षलाई रोक्नु मात्रै पनि हुनसक्छ।“