अर्को भेट: ब्राजिल-चिलि र नेदरल्याण्डस-मेक्सिकोबीच हुने

  • 24 जुन 2014
तस्वीर कपीराइट Reuters
Image caption नेदरल्याण्डससँग हारे पनि चिलि यस अघि नै दोश्रो चरणमा प्रवेश गरिसकेको छ

विश्वकप फुटबलको आयोजक देश ब्राजिलले एकका विरुद्ध चार गोलका साथ क्यामरुनलाई हराउँदै समूह बिजेता बनेको छ।

यससँगै उसले अन्तिम १६ टीममा आफ्नो स्थान पक्का बनाएको हो।

दोश्रो चरणको खेलमा ब्राजिल र चिलिबीच भेट हुनेछ।

नेदरल्याण्डससँग हारेको चिलि समूह बीको उपविजेता हो।

अंक ९ पाएर समूह विजेता बनेको नेदरल्याण्डसले चिलिलाई सून्यका विरुद्ध दुई गोल गरेको थियो।

अर्को भेट

समूह एको अर्को खेलमा क्रोएशियालाई एकका विरुद्ध तीन गोलले हराउँदै मेक्सिको पनि दोश्रो चरणमा प्रवेश गरेको छ।

तीनवटा प्रतिष्पर्धामा ब्राजिल दुईवटामा जीतेर र एउटामा बराबरीका साथ सात अंक सहित गोल औषतको आधारमा शीर्ष स्थानमा टिकेको हो।

दुईवटा खेल जीतेको मेक्सिकोले पनि एउटामा बराबरीका साथ अंक सात नै पाएको थियो।

क्रोएशिया दोश्रो चरणमा प्रवेश पाउन मेक्सिकोलाई हराउनै पर्ने थियो।

मेक्सिकोले भने बराबरी गर्न सकेको मात्रै भए पनि अर्को चरणमा पुग्न सक्ने थियो।

अब उसले नेदरल्याण्ड्सको सामना गर्नु पर्नेछ।

जीतसँगै विराम

तस्वीर कपीराइट All Sport
Image caption पछिल्लो खेल खेलेका स्पेन र अष्ट्रेलिया दुबै विश्वकपबाट बाहिरिएका छन्

सोमवार भएको समूह बिको खेलमा स्पेनले सून्यका विरुद्ध तीन गोल गरेर अष्ट्रेलियालाई हराएको थियो।

तर जीते पनि अघिल्लो दुई खेल गुमाएको स्पेनको जारी विश्वकपको यात्रामा विराम लागेको छ।

उक्त खेल अष्ट्रेलियाका निम्ति पनि अन्तिम खेल थियो।

अष्ट्रेलियालाई चिलिले एकका विरुद्ध तीन गोलले हराएको थियो।

त्यसपछि उसले स्पेनसँगको खेलमा सून्यका विरुद्ध दुई गोल गरेको थियो।

स्पेन समूह बी मा एक जीत र दुई हारका साथ तेश्रो तथा अष्ट्रेलिया तीन हारका साथ अन्तिम चौथोमा परेको थियो।