विश्वकपमा आज: २३ औं दिनको खेल तथा अनुमान

  • 4 जुलाई 2014

दुई दिनको विश्रामपछि, विश्वकप फुटबल प्रतियोगीतामा आज शुक्रबारबाट क्वार्टर फाइनलका प्रतिस्पर्धाहरु हुंदैछन्।

तस्वीर कपीराइट AP
Image caption फ्रान्सको टोलीको खेल हालसम्म बलियो देखिएको छ

हालसम्मको विश्वकप फुटबल यात्रा निकै उतारचढावपूर्ण रहेको छ।

१५४ वटा गोल भैसकेका छन्, खेलमा तल परेकाहरु फेरि विजयी बन्न पुगेका छन्, दर्शनीय आक्रमणहरु भएका छन् र प्रतिरक्षा पंक्तिले प्रश्न गर्न सकिने व्यवहारहरु समेत देखाएका छन्।

आज २३औं दिनको खेलहरुका बारे बीबीसीका फुटबल विज्ञ मार्क लरेन्सनको अनुमान र विश्लेषण:

तस्वीर कपीराइट Getty
Image caption जर्मनीको केहि खेल कमजोर देखिएपनि तिनीहरु सदैव विपक्षी भन्दा बलिया देखिएका छन्

फ्रान्स र जर्मनी

“यो खेलमा कडा प्रतिस्पर्धा हुनेछ, किनकी दुवै टोलीको क्षमता उस्तैउस्तै छ।“

“तर यो प्रतियोगीतामा हालसम्म जर्मनीका केहि खेलहरु कमजोर जस्तो देखिएपनि हालसम्मका आफ्ना सबै खेलहरुमा तिनीहरु प्रतिद्वन्द्वी भन्दा बलियो देखिएका छन्।“

तस्वीर कपीराइट Getty
Image caption मु‌श्किलका साथ क्वार्टर फाइनलमा पुगेको ब्राजील जीतका लागि बढी दबाबमा छ

ब्राजील र कोलम्बिया

“नकआउट चरणमा मुश्किलले पार पाएको ब्राजीलमा अहिले दबाब केहि कम परेको हुन सक्छ। र उक्त टोलीका प्रशंसकहरुले पनि केहि राहतको अनुभव गरेका हुनसक्छन्।“

“कोलम्बियामाथि विचार गर्दा उक्त टोलीले बलियो प्रतिद्वन्द्वीसंग भिडन्त गर्दैछ र बढी दबाबमा छ।“

तस्वीर कपीराइट Getty
Image caption कोलम्बियाले यो चरणमा बलियो प्रतिस्पर्धीसंग भिडन्त गर्नु परेको छ

“यो टोलीका उत्कृष्ट खेलाडीहरुले यसअघिका खेलहरुमा जस्तै प्रदर्शन गर्न सक्ने हुन की होइनन् भन्ने जिज्ञासा व्याप्त छन्।“

ध्यान दिनु पर्ने खेलाडी

टमस मुलर? करिम बेन्जेमा? नेमार?

होइन। आजको खेलमा हुआं कुआद्रादोको विशेष भूमिका हुन सक्छ।

हालसम्म पांच वटा गोल गरेर नाम कमाएका कोलम्बियाका जेम्स रोड्रीगेजले आफ्नो कौशल अनुसारको चर्चा कमाइरहेका भएपनि उनका सहकर्मीको प्रयासले पनि मानिसहरुको ध्यान तानेको छ।

क्वाद्रादो समान्यतया मैदानको दाहिने तर्फबाट खेल्छन्, जहांबाट ग्रीससंगको ३-० को विजयको बेलादेखि नै उनले स्फूर्तिपूर्वक खेली रहेका छन्।

कोलम्बियाका कोच पेकरम्यान भन्छन्,”उनी बलियो शारिरिक क्षमताका भएका खेलाडी हुन् जस्ले आफ्नो क्लब जीवनमा ठूलो उपलब्धीहरु हासिल गरेका छन्। देशका लागि पनि उनको योगदान उल्लेख्य छ।“