ब्राजीलमा लियोनेल मेस्सी सबैभन्दा चम्किला

  • 7 जुलाई 2014
मेस्सी तस्वीर कपीराइट Other
Image caption विश्वका अन्य चर्चित र नाम कमाएका खेलाडीहरु घर फर्कींदा मेस्सी भने खेलमा पूर्णतया जमेका छन्

नेइमारले स्ट्रेचरमा विश्वकपबाट बाहिरीनु पर्यो भने हामेस रोड्रीगेज रोएर बाहिरिए।

लुइस सुआरेज बदनामी कमाएर निकालिए।

क्रिस्टीयानो रोनाल्डो र वेएन रुनी फिक्का रहे अनि ज्लाटान घरै बसे।

तर लियोनेल मेस्सी अझै मैदानमा छन् र विश्वकपमा महानायक बनेकाहरुको लहरमा मिसिन अब दुई खेलको विजयको दुरीमा छन्।

बेल्जीयमलाई १-० ले पाराजीत गरेर अर्जेन्टीना सन् १९९० पछि पहिलोपल्ट विश्वकपको सेमी फाइनलमा पुग्दा बार्सिलोनाबाट खेल्ने यी खेलाडीले आफ्नो उच्चकोटीको खेल कौशल देखाउनु परेको छैन।

“उनी हाम्रा लागि मरुभूमिका पानी हुन्,” अर्जेन्टीनाका अलेखान्द्रो साबेलाले भनेका छन्।

“ जब जब स्थिती सुख्खा हुन्थ्यो उनले हामीलाई ताजा हावाको शितल अवसर जुटाइदिन्थे।“

तुलना

तस्वीर कपीराइट Other
Image caption बेल्जीयमसंगको खेलमा मेस्सीले देखाएका खेल कोशलबाट उनलाई म्याराडोनासंग समेत दांजीएको छ

देशको तर्फबाट ९१ औं खेल खेल्दा मेस्सीको तुलना उनको देशका अर्का महान खेलाडी डिएगो म्याराडोनासंग हुनु अवश्यंभावी थियो।

तर उनको खेलस्तर म्याराडोनाको जतिको देखिएको थिएन।

बेल्जीयमसंगको खेलमा मेस्सीले पांचजना विपक्षीहरुलाई छल्दै खेलको पहिलो खण्डमा पेनाल्टी क्षेत्र नजीकै फ्रि कीक हासिल गर्दा, सन् १९८२ मा छ जना बेल्जीयनहरुलाई छक्क पार्दै खेलेको म्याराडोनाको झलक आएको थियो।

कोच साबेला भन्छन्,” गोल गर्ने मात्र कुरा होइन, मेस्सीले आफ्नो वरपर तीन चार जना विपक्षीहरुलाई तान्ने गर्छन्।

उनी हाम्रा लागि आशाको संकेत हुन्, जस्ले विपक्षीलाई संधै जोखिममा पार्ने गर्छन्। उनको प्रभाव निर्णायक हुने गर्छ।“

मेस्सीलाई ब्राजील आएका दशौं हजार अर्जेन्टीनी समर्थकहरुले पनि निकै महत्व दिन्छन्। शनिवारको रात ब्राजीलमा निलो र सेतो रंगको लहर नै छाएको देखिन्थ्यो।

तस्वीर कपीराइट AP
Image caption खेलमा मेस्सीमात्र सबथोक हुन् भन्ने होइन यो सामूहिक प्रयास हो

अगाडीका खेलहरुमा सबै थोक मेस्सीले गर्न सक्छन् भन्ने होइन।

मेहनत

बेल्जीयम विरुद्धको खेलमा मेस्सीले आफ्नो कांधमा धेरै जीम्मेवारी लिनु नपर्नाको कारण उनको अन्य सहकर्मी खेलाडीहरुको मेहनत पनि हो।

गोन्सालो इवाइनले सुन्दर गोल गरेर आफ्ना आलोचकहरुको मुख बन्द गरिदिए। र यो सामुहिक प्रयास हो भन्ने देखाइदिए।

तर हाल सम्मको खेल हेर्दा अर्जेन्टीना एउटा यस्तो समूहको रुपमा देखिएको छ जस्ले अझै आफ्नो उच्चतम क्षमता सामूहिक रुपमा देखाउनै बांकी छ।

किनकी बेल्जीयमसंगको जीत यो प्रतियोगीतामा एक गोलको अन्तरले मात्र जीतेको पांचौं खेल थियो।

आगामी खेलका निम्ती कोच साबेलाले चिन्ता गर्नु पर्ने अरु केहि कुराहरु छन्। एन्जेल डी मारिया चोटग्रस्त छन्।

अर्को कुरा तिनीहरु कतिको थाकेका छन् भन्ने हो, तर सेमी फाइनल पुगेका सबै चारैवटा टिमको हकमा लागु हुन्छ।