विश्वकप: ब्राजील र जर्मनीबीच सेमीफाइनल भिडन्त

  • 8 जुलाई 2014
ब्राजील र जर्मनी तस्वीर कपीराइट VIPCOMM e Getty
Image caption ब्राजील नियमित कप्तान र मुख्य स्ट्राइकर विना मैदानमा उत्रिंदैछ

ब्राजीलका कप्तान चिआगो सिल्भा प्रतिबन्धीत छन्, उनको ठाउंमा दान्चीले खेल्नेछन् तर लुइस गुस्ताभो प्रतिबन्ध फुकुवा भएर टोलीमा फर्कंदैछन्।

नेइमार घाइते भएपछि ब्राजीलले “सेन्ट्रल मिडफिल्ड” खेलाउन सक्छन्, अन्यथा विलियन वा बेरनार जस्ता आक्रामक खेल खेल्नेहरुलाई प्रयोग गर्न सक्छ।

जर्मनीका कोच योआकिम लो ले “सेन्टरब्याक” पेर मेर्टेसाकरलाई फिर्ता बोलाउने की नबोलाउने भन्ने निर्णय गर्नु पर्नेछ जस्लाई रणनीतिक कारणले फ्रान्ससंगको खेलमा समावेश गरिएको थिएन।

कोच लो ले आजको खेल अघि खेलाडीहरुमा चोटपटकको कुनै चर्चा गरेका छैनन्।

खेल पूर्वदृष्टि

आफ्नो अग्रणी गोलकर्ता नेइमार विना र प्रतिबन्धमा परेका कप्तान चिआगो सिल्भाको अभावमा ब्राजीलले यदि विश्वकपको फाइनलमा आफूलाई पुर्याउने हो भने कडा खेल खेल्नु पर्नेछ।

तस्वीर कपीराइट AFP
Image caption नेइमारको अनुपस्थितीमा उर्जाशील भएर खेल्न ब्राजीललाई भूतपूर्व खेलाडी जीकोले आह्वान गरेका छन्

हालसम्म प्रभावशाली खेल देखाएका जर्मनीको विरुद्ध सेमी फाइनल खेल खेल्नु अघि नेइमारको विवादास्पद चोटले ब्यापक चर्चा पाएको छ।

ति २२ बर्षे खेलाडीले चोट लाग्नु अघिसम्म चर्चा अनुसारकै प्रदर्शन गरेका थिए।

उनले गरेका चार वटा गोल र चिलीसंगको पेनाल्टी शूटआउटमा गरेका निर्णायक प्रदर्शनले उनको टोलीलाई यो चरणसम्म ल्याइपुर्याउन उल्लेख्य भूमिका खेलेको भन्न सकिन्छ।

अब उनको अभावमा कोच लुइस फेलिपे स्कोलारीले आफ्नो टोली भित्रैबाट प्रभावकारी बैकल्पीक उपाय अपनाउनु पर्नेछ।

तस्वीर कपीराइट AFP
Image caption कोच स्कोलारीले अब टोली भित्रैबाट बैकल्पीक व्यवस्थाका साथ मैदान उत्रनु पर्नेछ

उर्जा

ब्राजीलका एकजना पुराना खेलाडी जीकोले भनेका छन्:” खेलाडीहरुका सामु नेइमारको बलिदानबाट उर्जा हासिल गर्ने अवसर छ। उस्का लागि ति खेलाडीहरुले आफ्नो आत्मालाई नै खेल मैदानमा उतार्नु पर्दछ। “

सन् २००२ पछि यो ब्राजीलको पहिलो विश्वकप सेमीफाइनल हो, जुन विश्वकपमा तिनीहरुले जर्मनीलाई फाइनलमा हराएर विजय हासिल गरेका थिए।

आफ्नो पछिल्लो तीन वटै सेमीफाइनलहरु जितेको ब्राजीलमाथि एकदमै चर्को दबाब परिरहेको छ तर के कोच स्कोलारीसंग जीत हासिल गर्ने सबै साधनहरु छन् त?

आयोजक राष्ट्रमाथि जीतका लागि पर्ने दबाबलाई राम्रोसंग बुझ्न सक्ने एकजना व्यक्ति जर्मनीका कोच योआकिम लो पनि हुन्।

तस्वीर कपीराइट AP
Image caption विश्वकप आयोजक हुंदा बेहोर्नु पर्ने दबाब २००६ को आयोजक राष्ट्र जर्मनीले राम्ररी बुझिसकेको छ

दबाब

सन् २००६ मा आयोजक राष्ट्र जर्मनी सेमी फाइनलमा खेलबाट बाहिरिंदा उनी योर्गेन क्लिन्समनका सहायक थिए।

चार बर्ष अघि पनि तिनीहरु दक्षिण अफ्रीकामा सेमीफाइनलबाट बाहिरिएका थिए। जर्मनीको टोली अहिले त्यहि सेमीफाइनलको चरणमा छ।

के तिनीहरु अन्तत: आठौं पटक विश्वकपको फाइनलमा पुग्न सक्लान? या यो फेरि सेमीफाइनल चरणबाट बाहिरिने क्रमको “ह्याटट्रीक” हुनेछ?

जर्मन कोच लो ले नेइमार तर्फ संकेत गर्दै आफ्ना खेलाडीहरु सर्वोत्तम प्रतिद्वन्द्वीका विरुद्ध आफ्नो परीक्षा हुन नपाउनेमा निराश छन् भनेका छन्।

तर उनले आयोजकलाई चेतावनी पनि दिएका छन्।

उनी भन्छन्, “मेरो विचारमा समग्र जर्मनहरु एउटा कुरामा निश्चिन्त छन्, तिनीहरु (फाइनलका लागि) फेरि रियो को माराकानामा खेल्न उत्सुक छन्।“

तस्वीर कपीराइट Getty
Image caption जर्मनीको कोचले भनेका छन्, "हामी अझै समाप्त भैसकेका छैनौं।"

“हामी अझै समाप्त भैसकेका छैनौं,” कोच लो ले भने।