अन्तिम खेलको प्रतीक्षामा

  • 12 जुलाई 2014
तस्वीर कपीराइट Getty
Image caption जर्मनी र अर्जेन्टिनाका प्रशंशकरु विश्वकप फाइनलको प्रतीक्षामा छन्

अर्जेन्टिना र जर्मनीबीच हुने विश्वकप २०१४को अन्तिम खेलका लागि आइतबार विश्वभरको आँखा रियोस्थित माराकाना रंगशालातर्फ हुनेछ।

एक महिना लामो उतारचढावयुक्त यो खेल उत्सवका लागि ३२ समुह सहभागी मुलुकका खेलाडिहरु विश्वका विभिन्न ठाउँमा सयौं कोश टाढाको ब्राजील पुगेका थिए।

खेल ब्राजीलको १२ विभिन्न शहरमा भएको थियो।

र अन्तिममा दुइ समुह एउटा उपाधिको प्रतीक्षामा छन्। आहा त्यो कस्तो पुरस्कार!

भीडन्त

यो जर्मनी र अर्जेन्टिनाबीच विश्वकप फाइनलको तेश्रो अवसर हो।

यस अघि सन १९८६ र सन १९९० मा यिनै दुइराष्ट्रका खेलाडिबीच भीडन्त भएका थिए ।

त्यसबेला पश्चिम जर्मनीको रुपमा सहभागी जर्मनीले एकपटक उपाधि जितेको थियो।

ब्राजीललाई सेमी फाइनलमा सात एकले हराएको जर्मनीले धेरैको प्रीय टीमको रुपमा खेल शुरु गर्नेछ।

सेमी फाइनल अघिका खेल पनि उसका लागि परिक्षणकै रुपमा देखिएका थिए।

अर्जेन्टिनाको भनै कम परिक्षण भएको छ किनभने उसले समुह चरणमा अलि कम प्रतिस्पर्धी मुलुकहरुसँग खेल्नुपरेको थियो।

नेदरल्याण्ड्सलाई सेमी फाइनलमा पनि उसले पेनल्टी गोलमार्फत जितेको थियो।

तस्वीर कपीराइट Getty
Image caption लियोनेल मेसीमाथि अर्जेन्टिनाको र म्यूलरमाथि जर्मनीको ठूलो अपेक्षा छ
तस्वीर कपीराइट Reuters
Image caption अर्जेन्टिनाका प्रशंशकहरु सेमी फाइनलमा द नेदरल्याण्ड्सलाई जित्नु अघि
तस्वीर कपीराइट AP
Image caption सैमी फाइनल खेलका दर्शकहरु

तर दुवै दुवै टीम रियोमा हुने खेलका कडा दावेदार हुन्।

रेकर्ड

जर्मनीले जिते दक्षिण अमेरिकी माटोमा खेल हुँदाका बखत जित्ने उ पहिलो युरोपेली मुलुक हुनेछ र विश्व कप इतिहासमा सबभन्दा बढि गोल हान्ने रेकर्ड पनि उसलाई प्राप्त हुनेछ।

अर्जेन्टिनाले २८ वर्ष अगाडि पश्चिम जर्मनीलाई तीन-दुइले जितेको थियो।

तर सन १९९० यता कहिल्यै पनि फाइनलमा पुगेको थिएन।

ब्राजीलमा जित्यो भने त्यो निकै मीठो जित हुनेछ उसका लागि।

यो महिनादिन लामो खेल अवधिभर जस्तै अर्जेन्टिनाको पुरा अपेक्षा खेलाडि लियोनेल मेसीमाथि हुनेछ।

उनको गोल समुह चरणहरुमा निर्णायक भएका थिए।

र फाइनलमा जित्नेगरी खेल प्रदर्शन गर्न सके भने उनलाई म्याराडोनाको छायाँबाट बाहिर निस्कन मद्दत पुग्नेछ।

तर जर्मनहरुसँग मिरोस्ल्याभ क्लोज छन् जसले ब्राजीलसँग भएको सेमी फाइनल खेलमा अहिलेसम्मको विश्वकप रेकर्ड तोडेका थिए।

गोल्डेन बुट

तस्वीर कपीराइट AFP
Image caption संसारभर फुटबलको लहर चलेका बेला रोबोटहरुबीचको फुटबल

जर्मन खेलाडी थोमस म्युलर कोलम्बियाका जेम्स रोड्रीगेजको पछिपछि गोल्डेन बुटको खोजीमा छन्।

झण्डै पचहत्तर हजार मानिसहरु माराकाना रंगशालामा हुनेछन्।

र निराश ब्राजिलियन प्रशंशकहरुले कसलाई समर्थन गर्लान् भन्ने हेर्नु निकै रोचक हुनेछ।

उनीहरुले दक्षिण अमेरिकी एकताका लागि अर्जेन्टिनाको साथ देलान्?

या उनीहरुकै ब्युनोस एअर्समा वितरण हुने विश्वकप ट्रफी प्रदर्शनको पृष्ठभूमिका माझ उनीहरुलाई फुटबल खेलको निर्णायक पाठ सिकाएको जर्मनीतर्फ लाग्लान्?