विश्वकप फाइनल: अर्जेन्टिना विरुद्ध जर्मनी

  • 13 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption अर्जेन्टिना र जर्मनीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ

आइतवार राति विश्वको आँखा रियोको माराकाना रंगशालामा हुनेछ।

त्यहाँ अर्जेन्टिना र जर्मनी विश्वकप फुटबल उपाधीका लागि आमने सामने हुँदैछन।

३२ राष्ट्र संलग्न विश्वकप प्रतियोगिताको यो महिनाभर प्रतिस्पर्धाको उतार चढावको उत्कर्षपछि परिणामको बेला आएको छ।

जहाँ ब्राजीलका १२ शहरमा खेलाडीहरुले मानुसको असाध्यै गर्मी मौसमदेखि पोर्टो अलेग्रेको सुहाउँदा मौसमसम्म ब्यहोरे।

र, अन्त्यमा दुई टोलीले एउटै पुरस्कारमा आँखा लगाइरहेका छन।

त्यो पुरस्कार के हो सबैलाई थाहा छ।

यो तेस्रो पटक हो, अर्जेन्टिना र जर्मनीले विश्वकपको फाइनल एक अर्कोसँग खेल्न लागेको।

सन् १९८६ र १९९० मा पनि यस्तै भएको थियो।

जर्मनी त्यतिबेला पश्चिम जर्मनीको नाममा खेल्थ्यो।

उपाधी

ब्राजीललाई उनीहरुकै घरमा ७-१ ले हराएकाले धेरैको नजरमा जर्मनी उपाधीको प्रवल दावेदार हो।

तर टोलीले संधै आशा गरेजस्तै खेलेको छैन।

जस्तै अल्जेरिया विरुद्धको प्रि क्वार्टर फाइनलमा।

त्यतिबेला खेल थप समयमा गएको थियो।

अर्जेन्टिनाको परिक्षा त झनै भएकै छैन बराबरको छ।

सजिलो समुहमा परेको मानिएको टोलीले दोस्रो चरणमा स्विट्जरल्याण्ड र बेल्जियमलाई पन्छाएपनि फाइनलमा पुग्न नेदरल्याण्ड्स विरुद्ध पेनाल्टी शुटआउटको सहारा लिनु परेको थियो।

जर्मनी दक्षिण अमेरिकी भूमीमा युरोपेलीले कहिल्यै विश्वकप उपाधी उचाल्न नसकेको इतिहास तोड्न चाहन्छ र यो उनीहरुले सर्वाधिक गोल गरेर रच्ने चाहना राख्छन्।

अर्जेन्टिनाले पछिल्लो समय २८ वर्ष अगाडी विश्वकप चुमेको थियो, त्यो पनि पश्चिम जर्मनीलाई ३-२ ले हराएर।

जीत

तर सन् १९९० पछि उनीहरुले कहिल्यै फाइनल खेलेका छैनन्।

ब्राजीली भूमीमा विश्वकप जिते अर्जेन्टिनालाई जीतको स्वाद थप स्वादिलो हुनेछ।

प्रतियोगिताभरी नै अर्जेन्टिनाको आशा भने लियोनेल मेसीकै प्रदर्शनमा निर्भर रह्यो।

उनकै प्रदर्शनले समुह चरणमा खेलले निर्णायक मोड लियो।

र, फाइनलमा उनले देखाउने कौशलले उनलाई म्याराडोनाको छाँयाबाट माथि उठाउनेछ।

तर जर्मनसँग मिरास्लोभ क्लोज छ, जसले विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान यसै विश्वकपमा बनाएका छन्।

अर्कोतिर थोमस मुलर कोलम्बियाका जेम्स रोड्रिगुइजको उच्च गोलकर्ताको दावीलाई पछ्याइरहेका छन्।

समर्थन

रोड्रिगुइज भन्दा एक कम उनले ५ गोल गरिसकेका छन।

झन्डै ७५ हजारको हाराहारीमा दर्शकहरुले आईतबार माराकाना रंगशालामा विश्व फुटबलको सबैभन्दा ठूलो स्पर्धाको मज्जा लिनेछन।

हेर्न यो बाँकी छ दुखी बनिरहेका ब्राजीली दर्शकहरुले कसलाई समर्थन गर्नेछन्?

के उनीहरु क्षेत्रिय हिसाबमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनातिर ढल्किनेछन्?

के फुटबलको यो कट्टर प्रतिद्धन्दी राष्ट्रले ब्योनस आयर्समा अर्जेन्टिनीहरुले ट्रफी लिएर परेड गरेको हेर्न चाहला?

यदि चाहेनन् भने के उनीहरु जर्मनीतिर ढल्केलान् जसले उनीहरुलाई फुटबलको ठूलो पाठ पढाएको छ ?