अल्जेरियाको यात्रुवाहक विमान "बेपत्ता"

  • 24 जुलाई 2014
एअर अल्जेरि तस्वीर कपीराइट Arsiv
Image caption सहारा मरुभूमिमाथि विमानसंग सम्पर्क विच्छेद भएको अधिकारीहरुले जनाएका छन्

अल्जेरियाको राष्ट्रिय विमान सेवा एअर अल्जेरिले सहारा मरुभूमिमाथि आफ्नो एउटा यात्रुवाहक विमानसंग सम्पर्क विच्छेद भएको जनाएको छ।

अल्जेरियाली समाचार एजेन्सी ले भनेको छ, उक्त विमान बुर्कीनाफासोको राजधानी उवागाडुगुबाट अल्जीएर्स तर्फको उडानमा रहेको थियो र उडानको पचास मिनेट पछि विमानको रेडारसंग सम्पर्क विच्छेद हुन पुगेको थियो।

एअर अल्जेरिले आपतकालीन कार्वाही आरम्भ गरिसकेको छ बताएको छ।

उक्त विमानमा एकसय दशजना यात्रु र छ जना चालकदलका सदस्य रहेका ठानिएको छ।

उक्त विमानको हवाई मार्ग मालीको आकाशमाथि पर्दछ जहां देशको उत्तरी भेगमा असन्तोष जारी छ।