इजरेल र हमासद्वारा आक्रमण पुन: शुरु

  • 28 जुलाई 2014
गाजा तस्वीर कपीराइट REUTERS
Image caption इरजेल र प्यालेष्टिनी समूह हमासले एक अर्कालाई अस्थायी संघर्षविराम भंग गरेको आरोप लगाउंदै आक्रमणहरु गरेका छन्

प्यालेष्टीनी उग्रवादी र इजरेलले एक अर्का विरुद्धको आक्रमण जारी नै राख्दा हमासले गाजामा घोषणा गरेको २४ घण्टे संघर्ष विराम भंग भएको जस्तो देखिएको छ।

इजरेलले संघर्ष विरामको पालना नगरेको भन्दै हमासले इजरेलमा थप रकेटहरु प्रहार गरेको छ। इजरेलले हमासको संघर्ष विरामलाई अस्वीकार गरेको छ। प्रधानमन्त्री बेन्जमीन नेतन्याहुले भनेका छन्, "इजरेलले आफ्ना जनताको रक्षाका लागि गर्नु पर्ने सबै कुरा गर्नेछ।"

यि पछिल्ला गतिविधिले शनिवार दुवै पक्षले मानविय कारणका लागि पालना गरेका संघर्षविराम केहि लम्बीन सक्ने आशालाई निराशामा परिणत गरिदिएको छ।

आग्रह यसैबिच अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई आइतबार फोन गर्दै, दुइपक्षिय द्वन्द्वलाई अन्त्य गर्ने गरी तत्काल नि:शर्त मानविय कारण सहितको युद्ध विराम गर्न आग्रह गरेका थिए।

उनले दीर्घकालीन समाधानले गाजामा रहेका प्यालेष्टिनीहरुलाई सामान्य रुपमा जीवनयापन गर्ने अवसर दिनुपर्ने र आंतकवादी समूहहरुको नि:शस्त्रीकरण र गाजाको गैर-सैनिकीकरण हुनु पर्नेमा जोड दिएका छन्।

शनिवार गाजामा भएको १२ घण्टे संघर्ष विरामले त्यहांका स्थानीय बासिन्दालाई आवश्यक सामग्रीहरुको जोरजाम गर्न र भग्नावशेषहरुबाट मृतकका शवहरु निकाल्ने समय हासिल भएको थियो।

तस्वीर कपीराइट AP
Image caption इजरेलले गाजामा हमासको सुरुंगहरु नष्ट गर्न स्थलगत सैनिक कार्वाही थालको छ

त्यसपछि इजरेलले संयुक्त राष्ट्र संघको आह्वान बमोजीम २४ घण्टे संघर्षविरामका निम्ती सहमति जनाएको थियो तर उस्ले हमासले प्रयोग गर्ने सुरुंगहरु नष्ट गर्न स्थलगत कार्वाहीहरु जारी रहने बताएको थियो।

हमला

तर आइतबार विहानै इजरेली सेनाले, हमासले गरेको रकेट आक्रमणको जवाफमा भन्दै गाजामा हवाई, स्थलगत र समुद्री हमला पुन: शुरु गर्ने जनाएको थियो।

इजरेली हमला आरम्भ भएको केहि समय पछि नै हमाले स्थानीय समय अनुसार दिउंसाको दुई बजे देखि मानविय संघर्ष विराम गर्न आफू सहमत हुने निर्णय गरेको बताएको थियो।

त्यस्तो संघर्ष विरामलाई मुसलमानहरुको पवित्र महिना रमजानको अन्त्य गर्ने तयारी र राष्ट्र संघीय आग्रहको प्रतिक्रिया भनिएको थियो।

गाजामा रहेका सम्बाददाताहरु भन्छन्, इजरेली सेनाले हवाई हमला पुन: आरम्भ गर्दा गाजामा विभिन्न स्थानहरुमा विस्फोटका ठूला आवाजहरु सुन्न सकिन्छ।

प्यालेष्टिनी प्रत्यक्षदर्शीहरुले गाजा सिटीको पूर्वी क्षेत्रमा ठूलो गोलाबारी भएको जनाएका छन्।

गाजामा इजरेल र प्यालेष्टीनी उग्रवादीबीच पछिल्लो पटक संघर्ष शुरुभए यता एकहजार तीस जना प्यालेष्टिनीहरु मारिइसकेका छन् जसमध्ये धेरै गैरसैनिकहरु छन्। ४३ जना इजरेली सैनिक र दुई जना गैरसैनिकको पनि मृत्यु भएको छ।