थप अमेरिकी सैन्य अधिकारी इराकमा

  • 13 अगस्ट 2014
तस्वीर कपीराइट EPA
Image caption अमेरिकी रक्षा मन्त्री चक हेगलले उत्तरी इराकको बस्तुस्थिति बुझ्न थप सैन्य अधिकारी पठाएको बताए

अमेरिकाले एक सय तीस जना सैन्य सल्लाहकारहरु उत्तरी इराकको कर्दिश क्षेत्रमा पठाएको रक्षा मन्त्री चक हेगलले बताएका छन्।

अमेरिकी रक्षा अधिकारीका अनुसार ति सल्लाहकारहरु प्रत्यक्ष लडाइमा जाने नभै मानवीय परिस्थितिको आंकलन गर्न त्यहाँ पुगेका हुन्।

अमेरिकाले विद्रोही इश्लामीक स्टेट आइएसका लडाकु विरुद्ध हवाइ कारवाही गर्दै आएको छ।

आइएस लडाकुहरुले दशौं हजार मानिसलाई घर छाड्न बाध्य गराएका छन्।

गहिरो अध्ययन

रक्षामन्त्री हेगलले भने यो युद्धस्थलमा खटाउने खालको कारवाही होइन।

सहयोग समुहका सदस्यहरु उत्तरी शहर इरवीलमा पुगेका छन्।

उनीहरुले थप स्थलगत गहिरो अध्ययन गरी रिपोर्टहरु दिनेछन् र त्यसको आधारमा हामी कहाँ सहयोग पुर्याउन सक्छौं भन्ने सुझाव दिनेछन्।

एकजना अमेरिकी रक्षा अधिकारीले भने, सिन्जरमा जारी लडाइबाट प्रभावित इराकीहरुलाई सहयोग निरन्तर राख्न र आइएसले गर्न सक्ने जातीय संहार रोक्ने उपायको खोजी सरकारले गर्नेछ।

संयुक्त राष्ट्र संघले भनेको छ याजिदि समुदायका लगायत दशौं हजार इराकीहरु सिन्जर पहाडमा फँसेका छन् र उनीहरुलाई जीवन बचाउ सहयोगको आवश्यक छ।

आक्रमण

यसैबीच नया बनाइएका इराकी प्रधानमन्त्री हैदर अल अबादीको निवास नजिकै बगदादमा एउटा आत्मघाती बम आक्रमण भएको सुरक्षा श्रोत र स्थानीय मिडियालाई उदृत् गर्दै समाचारसंस्था रोयटर्सले जनाएको छ।

तस्वीर कपीराइट Reuters
Image caption उत्तरी इराकमा विद्रोही लडाकुका कारण दशौं हजार नागरिक विस्थापित भएका छन्

कति हानी भयो बताइएको छैन।

इराकका राष्ट्रपतिले सोमबार नुरी मलीकीको ठाउँमा हैदर अल अबदीलाई नयाँ सरकार बनाउन भनेका थिए।

महिनौं लामो राजनीतिक द्वद्वपछि यो पाइला चालिएको थियो।

विज्ञहरु भन्छन् त्यहि राजनीतिक द्वन्द्वकै कारण आइएसको खतरासँग लड्न इराकी सरकार असक्षम रहँदै आएको छ।