'पत्रकारको हत्या भीडियो' सार्वजनिक

  • 20 अगस्ट 2014
तस्वीर कपीराइट
Image caption जेम्स फोलीले लीबीया, सिरिया जस्ता द्वन्दग्रस्त ठाउँबाट अमेरिकी समाचार माध्यमका लागि समाचार लेख्थे

अमेरिकाले दुइ वर्ष अघि सिरियामा हराएका अमेरिकी पत्रकार जेम्स फोलीको टाउको काटिएको भनिएको भीडीयोको प्रमाणीकरण गर्ने काम भइरहेको जनाएको छ।

भीडीयो इश्लामीक स्टेट विद्रोहीले इन्टरनेट मार्फत जारी गरेका हुन्।

आइएस लडाकुले हत्या गरिएका पत्रकार सन २०१२ को अन्तदेखि सिरियामा हराएका जेम्स फोली भनेर परिचय दिएका छन्।

विद्रोहीहरुले इराकमा इश्लामिक स्टेट समुहमाथि पछिल्ला अमेरिकी हवाइ कारवाहीको बदला लिन त्यसो गरिएको बताएका छन्।

'स्तब्ध'

भीडीयोको स्वतन्त्र पुष्टी भइसकेको छैन तर ह्वाइट हाउसले भनेको छ यदि त्यो साँचिकै भीडीयो हो भने बर्बर हत्याबाट अमेरिका स्तब्ध हुनेछ।

फोलीको परिवारले फेसबुकमा लेखेको छ, "हामीलाई थाहा छ तपाइहरु थुप्रैले यसको पुष्टी या जवाफ खोजिरहनुभएको छ। कृपया हामीलाई थप जानकारी प्राप्त नभएसम्म धैर्य राखिदिनुहोला र फोलीकालागि प्रार्थना गरिदिनुहोला ।"

स्वतन्त्र पत्रकार फोलीले अमेरिकाको ग्लोबल पोष्ट र अरु सन्चारमाध्यमका लागि तथा फ्रान्सेली समाचार संस्था एएफपीका लागि व्यापक रुपमा मध्यपूर्वको समाचार लेख्थे।

अमेरिकाका लागि सन्देश भन्दै जारी भीडीयोमा सुन्तला रंगको लुगा लगाएका जेम्स कालो लुगा लगाएको हतियारधारी मान्छेसँगै घुँडा टेकेका छन्।

ब्रीटीश लवजमा बोल्ने लडाकुले आफुलाई आएएस सदस्य भनेका छन् र पत्रकारको मृत्यु इराकमा अमेरिकी बमबारीको प्रत्यक्ष परिणाम हो भनिएको छ।

कारवाही

अमेरिकाले आइएस विद्रोही विरुद्ध थुप्रै हवाइ कारवाहीगरेको छ।

ग्लोबल पोष्टले जारी गरेको विज्ञप्तीमा जेम्स र उनको परिवारका लागि प्रार्थना भन्दै भीडीको प्रमाणीकरणको प्रतीक्षा गरिरहेको बताइएको छ।

अमेरिकी अधिकारीहरुले उक्त भीडीयो हेरेको पुष्टी गरेका छन्।

ह्वाइट हाउसकी राष्ट्रिय सुरक्षा प्रवक्ता केटलीन हेइडिनले ,"हामी निर्दोष अमेरिकी पत्रकारको क्रुर हत्याबाट स्तब्ध भएका छौं हामी उनको परिवार र साथीभाइलाई समवेदना दिन चाहन्छौं" भनेकी छन्।

आएएसद्वारा जारी गरिएको भनिएको भीडीयोमा अर्का बन्दी पनि देखाइएको छ र विद्रोहीले तिनलाई अर्का अमेरिकी पत्रकार भनेका छन्।

धम्की

आइएस समर्थकहरुले हालै अमेरिकी नागरिकहरुलाई 'हामी तिमिहरु सबैलाई रगतको पोखरीमा डुबाइदिन्छौं' भन्ने धम्की दिएका थिए।

इराक र पूर्वी सिरियामा उनीहरुको नियन्त्रणमा रहेको यो क्षेत्रमा सयौं मानिसको सामुहिक नरसंहार गरेको आरोप लगाइएको छ।

हिंसाले इराकमा अनुमानित दश लाख भन्दा बढि मानिसहरु विस्थापित भएको अनुमान गरिएको छ।