पाकिस्तानका डुवान क्षेत्रमा उद्धार प्रयास जारी

  • 11 सेप्टेम्बर 2014
पाकिस्तानी प्रभावित क्षेत्र तस्वीर कपीराइट AP
Image caption पाकिस्तानमा सन् २०१० पछि यति ठूलो बाढी आएको थिएन

पाकिस्तानको बाढी प्रभावित क्षेत्रका ७ लाख भन्दा बढी मानिस घर छोडी अन्यत्र जान बाध्य भएका छन्।

भारत प्रशासित काश्मिरका खोलानालामा पानी घटेको छ र त्यस्को ठूलो हिस्सा बगेर पाकिस्तान पुगिरहेको बताइएको छ।

बाढि प्रभावित काश्मिरको श्रीनगर विमानस्थलमा काश्मिर छोड्न चाहाने पर्यटक तथा कामदारहरुको भिड लागेको छ।

दुबै देशमा गरि बाढीका कारण ज्यान गुमाउनेको संख्या ४ सय ५० नाघेको छ।

दुबै देशका प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सघाउन सेना तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।

उद्धार प्रयास

बाढी पीडितहरुले पर्याप्त राहत नपाएको भन्दै क्रुध्द भइरहेको र डुबान नियन्त्रण गर्न अधिकारीहरुले संघर्ष गरिरहेको पाकिस्तानको झाङ पुगेका पुगेका बीबीसीका एन्ड्रु नर्थ भन्छन्।

अधिकारीहरुले तटबन्धहरु फुटाइदिदा नयाँ ठाउँहरुमा डुबान शुरु भएको छ।

तस्वीर कपीराइट EPA
Image caption भारत प्रसाशित काश्मिरमा बाढीका कारण २०० जनाको ज्यान गएको र ४ लाख मानिस विस्थापित भएको अधिकारीहरुको भनाइ छ

पञ्जावका एक अधिकारीले भने, “हामी पहिला वालवालिका तथा महिलाहरुलाई सुरक्षित पार्नको निम्ति ध्यान दिइरहेका छौं र त्यसतर्फ काम गरिरहेका छौं।”

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले चाँही राहत तथा उद्धार कार्यमा कुनै कमी हुन नदिने बताएका छन्।

उनले घरवारविहिन हुन पुगेकाहरुलाई पुन: स्थापित गर्न आफ्नो सरकार लागि परेको बताए।

पाकिस्तानमा सन् २०१० पछि यति ठूलो बाढी आएको थिएन।

पछिल्लो बाढि भारत प्रसाशित काश्मिरमा दशकौं पछिको ठूलो हो।

त्यहाँ २०० जनाको ज्यान गएको र चार लाख मानिस विस्थापित‍ भएको अधिकारीहरुको भनाइ छ।