स्कटल्याण्ड स्वतन्त्र नहुने : बीबीसी अनुमान

  • 19 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption स्कटल्याण्ड्का जनताले जनमतसंग्रहको परिणाम अन्तिमतिर पुग्न लाग्दा खुशी मनाउन सुरु गरेका छन्

स्कटल्याण्डका जनताले स्वतन्त्रतालाई अस्वीकार गरेका छन्।

३२ वटा स्थानीय निकाय मध्ये २७ वटाको परिणाम आइसकेको छ।

स्वतन्त्रता हुँदैन भन्ने पक्षले ५४ प्रतिशत मत पाएको छ र हुन्छ भन्ने पक्षले ४६ प्रतिशत मत पाएको छ।

बीबीसीले अहिलेसम्मको परिणामका आधारमा स्वतन्त्र राज्य बन्नुहुन्न भन्ने पक्षले जितेको अनुमान गरेको छ।

अग्रता

विहिबारको जनमतसंग्रहको बहुमतको गणना सम्पन्न हुँदै गर्दा हुँदैन भन्ने समुहले निश्चित रुपमा अग्रता लिएको छ।

सबभन्दा ठूलो शहर ग्लास्गोले स्वतन्त्रताको पक्षमा मत दिए पनि अधिकांश ठाउँमा राष्ट्रवादीहरु हारेका छन्।

स्कटिश नेशनल पार्टीकी उपनेता निकोला स्टर्जीनले झिनो मततान्तरले पछि पर्नु पर्दा आफुलाई गंभीर निराशा भएको बताएकी छन्।

एकजना बीबीसी संवाददाता भन्छन् प्रचार प्रसार अभियानका अन्तिम दिनतिर मानिसहरुले ब्रीटेनबाट छुट्टिनुपर्दा धेरै खतरा भएको ठानेर त्यस्तो निर्णय लिएका हुन्छन्।

सबै दलका सांसदहरुले परिणाम जे भनएपनि जनमतसंग्रहको गंभीर असरहरु पर्नेछ। एडिनबरालाई थप स्वायत्तता दिइँदा ब्रिटेनका अरु राज्यमा पनि त्यस्तै अधिकारको माग हुन थालिसकेको छ।