एशियाली खेलकुद: चरम समस्यामा कराते

  • 20 सेप्टेम्बर 2014
तस्वीर कपीराइट epa

राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरी अस्तिवत्वमा रहेको दुई वटा नेपाल कराते महासंघको दुवै टोली एसियाली खेलकुदमा भाग लिन दक्षिण कोरियाको इन्चोन पुग्ने भएको छ । यी मध्ये कुन टोलीले भाग लिने हो भन्ने विवाद त्यही पुगेर मात्र थाहा हुने अवस्थाको श्रृजना भएको छ।

दुवै संघले आ आफनो तरिकाले खेलाडी छनोट गरेपछि यस्तो अवस्था आएको आफना खेलाडीहरुलाई इन्चोनमा सहभागिता गराउन लागेको हो ।

खेलाडीहरुले करातेमा यसअघि थुप्रै विवाद भएपनि अन्योलको यो स्थिति अहिलेसम्म नआएका बताएका छन् । करातेमा महिला र पुरुष गरी ८ खेलाडीहरुले १७ औं एसियाली खेलकुदमा सहभागिता जनाउदैछ ।

विवाद कसरी

अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासंघका महासचिव केदारबाबु शिवाकोटी भन्छन् – हामीले खेलाडीहरुको संयुक्त छनोट गर्न भनेको थिए र त्यही अनुरुप सहमती समेत भएको विवाद हुने थिएन । तर उनीहरु मानेनन् ।

धेरैको विचारमा अनमेल रहेका संघहरु विचबाट स्वतन्त्र छनोट नै एसियाली खेलकुदमा खेलाडी सहभागिताको राम्रो आधार हुन सक्थ्यो । तर दुवै संघहरु आ आफनो अडानमा कायम रहेपछि सहमती बन्न सकेन ।

राष्ट्रिय खेलकुद परिषदले झन्डै डेढ वर्ष अगाडीदेखि मिशन साग अन्तर्गत विभिन्न खेलको नियमित प्रशिक्षण थालेको थियो, त्यसमा राष्ट्रिय मान्यता प्राप्त कराते महासंघका खेलाडीहरु पनि थिए । यी नै खेलाडीहरु विच एसियाडको छनोट भयो ।

कराते प्रशिक्षक दिपक श्रेष्ठ भन्छन् – त्यो स्वतन्त्र छनोट प्रतियोगिता थियो । राम्रा मानिएक खेलाडीहरु त्यहा प्रतिस्पर्धामा आउन सक्थ्यो । तर उनीहरु आएनन् ।’अन्तिम समयमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासंघले खेलाडीको स्वतन्त्र छनोटको आहवान गरेको थियो , तर त्यसमा छानिइसकेका खेलाडीहरु गएनन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएका कारण अन्तर्राष्ट्रिय सहभागिताको चावी हातमा लिएर बसेको कराते महासंघले आफनो तरिकाले खेलाडी छनोट ग¥यो । यसरी दुई टोली एसियाडमा दर्ता हुन पुगेको हो ।

तस्वीर कपीराइट AP

चरम स्थिति

एसियाली खेलकुद आयोजक समितीले राखेको निश्चित समयभित्र खेलाडीहरुको अन्तिम नाम दर्ता गर्नुपर्छ । अर्थात खेलाडीहरुको नाम दर्ता भइसकेको छ । तर कुन टोलीको नाम दर्ता भयो, दर्ता गर्ने अधिकार प्राप्त संघ नेपाल ओलिम्पिक कमिटीलाई मात्र थाहा भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले करातेको नाम दर्ता गर्न ओलिम्पिक कमिटीलाई दवाव दिएको ओलिम्पिक अधिकारीहरु बताउछन् । राखेप सदस्य सचिव युवराज लामा भन्छन् – वर्षोदेखि प्रशिक्षण लिंदै आएका खेलाडीहरुले नै एसियाडमा सहभागिता जनाउन पाउनुपर्छ । यसमा खेलवाड गर्न पाइदैन ।

'जुंगाको लडाई'

करातेको यो विवाद भित्रको कारण पदाधिकारीहरुको राजनीति वा खेलकुद परिषद र ओलिम्पिक कमिटीको लडाईलाई पनि कारक मानिन्छ ।

करातेको पृष्ठभूमीबाट आएका सदस्य सचिव लामाले पुरेन्द्र लाखे अध्यक्ष रहेको संघलाई विघटन गरी दावा गुरुङको अध्यक्षतामा नया महासंघ गठन गरेपछि कराते महासंघ दुई चिरामा विभाजन भएको हो ।

राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको महासंघ खेलकुद परिषदमा दर्ता भएको छ । अन्तर्राष्टिय मान्यता प्राप्त कराते महासंघ अन्तर्राष्ट्रिय कराते महासंघमा दर्ता भएको छ र त्यसलाई नेपाल ओलिम्पिक कमिटीले मान्यता दिएको छ ।

यसरी दुई चिरामा देखिएको कराते संघको लडाईमा वर्षौदेखि प्रशिक्षण लिइरहेका खेलाडीहरु पर्ने निश्चित देखिएको छ । कराते खेलाडीहरु भन्छन् – सहभागिताको शुरुवात देखिको अन्योलमा हामी खेलाडीहरु परि रहयौं । पदाधिकारीहरु राजनीति गरिरहे ।